मीन राशिको समग्र जीवन

राशिचक्रको बाह्रौं राशि मीन हो । यस राशिको प्रतीक चिह्न माछो हो र राशिस्वामी बृहस्पति ग्रह हो । मीन राशिका जातकहरुको मिलनसार र मित्रवत् व्यवहार हुन्छ । यिनीहरु जहाँ बसोबास गर्दछन्, त्यहाँ र वरपरको क्षेत्रमा यिनीहरुको छुट्टै पहिचान हुने गर्दछ । मिलनसार स्वभाव भएपनि यिनीहरु अत्यन्त संवेदनशील र सचेत हुने गर्दछन् । नियन्त्रित र संयमित व्यवहार गर्नु यिनीहरुको विशेषता हो । यिनीहरु अर्काको मनोभाव र चरित्रलाई सजिलै अध्ययन गर्न सक्दछन् र उदार स्वभाव भएकाले आडम्बर एवं देखावटीपन यिनीहरुलाई मन पर्दैन । जोसँग यिनीहरुको घनिष्ठ सम्बन्ध कायम हुन्छ, त्यससँग यिनीहरु जीवनपर्यन्त भावनात्मक ढंगले जोडिने गर्दछन् । यिनीहरु कल्पनाशील हुन्छ, रोमाण्टिक दुनियामा रमाउन चाहन्छन्, सौन्दर्य र प्रकृतिका प्रेमी हुने गर्दछन् । ज्ञानविज्ञान, चिन्तन, दर्शन आदि यिनीहरुको रुचिको क्षेत्र हो र लेखन र पठनपाठनका सौकिन हुन्छन् । देशपरदेशको दौडधूपको जीवनका तुलनामा यिनीहरु आफ्नै परिवेश र घरपरिवारमा रमाउने इच्छा राख्दछन्, तर घरायसी वातावरण आफूअनुकूल नहुँदा यिनीहरुमा दुव्र्यसन र कुसंगतको प्रभाव पर्ने सम्भावना पनि हुन्छ । घर र परिवारलाई कुल, परम्परा र संस्कारको कसौटीमा राख्न खोज्ने बानी पनि हुन्छ । सामान्यतया धनधान्य र सुखसम्मृद्धिको स्तर राम्रो हुन्छ । त्याग भावना भएकाले सम्पत्तिको राम्रो व्यवस्थापन गरे पनि व्यक्तिगत प्रयोजनमा राम्ररी खर्च गर्न हौसिन्छन्, पनि । यिनीहरु क्षमाशील स्वभावका हुन्छन्, कुनै पनि व्यक्तिले विश्वासघात गरेको टुंगो नलागुञ्जेल उसका अक्षम्य मानिएका त्रुटि वा कमजोरीलाई पनि क्षमा दिन हरदम तैयार रहने गर्दछन् । यस राशिका पुरुष जातक सामान्यतया भावुक हृदय र पन्यालो ( पानी वा आँसु देखिने) आँखा भएका हुन्छन् र बोल्नुअघि राम्ररी सोचविचार गरेरमात्र बोल्ने गर्दछन् । जीवनशैली र आजीविकाका बारेमा बढी गम्भीर हुँदैनन् । यिनीहरु आफ्नो परिवेश र कार्यक्षेत्रमा पहिचान बनाउन कडा मिहिनेत गर्दछन् र विद्वान् तथा हँसिला अनुहार भएका व्यक्तिहरुप्रति आकर्षित रहने गर्दछन् । सामान्यतया यिनीहरुको वैवाहिक जीवन र दाम्पत्यसुख अन्य राशिका तुलनामा सुखमय र आनन्दप्रद हुने गर्दछ । यस राशिका पुरुषहरु घरायसी कामधन्दामा रुचि राख्दैनन्, त्यस्तै आफ्नो काम वा व्यवसायमा अरुको हस्तक्षेप पनि मन पराउँदैनन् । मीन राशिमा जन्मिएका स्त्रीहरु भावुक र चम्किला आँखा भएका हुन्छन्, यिनीहरु कसैसित सितिमिती मित्रता राख्न चाहँदैनन्, तर आफूले विश्वास गरेका व्यक्तिलाई आफ्ना मनका भन्ने नभन्ने सबै कुरा बताउन बेर लाउँदैनन् । यस राशिका केटी कलाप्रेमी हुन्छन् र यिनीहरुलाई कुलघरानाका बुद्धिमान् र सभ्य केटा मन पर्दछन् । यस्ता स्त्रीले कसैको कुरालाई शान्तिपूर्वक सुन्न सक्छन् तर आफ्ना कुरा राम्ररी राख्न सक्दैनन् अनि मित्रता र दाम्पत्यसम्बन्धमा सुरक्षा र दृढताको प्रत्याभूति चाहने गर्दछन् । यसको अर्थ हो, यस राशिका महिला आफूले जसरी पतिसित विश्वसनीय क्रियाकलाप दर्शाउँदछन्, त्यसरी नै पतिले पनि आफूसित व्यवहार गरोस् भन्ने चाहन्छन् । यस राशिका सबै मानिसहरु सामान्यतया धर्म, अध्यात्म, ज्योतिष, दर्शन र अन्य चिन्तनमूलक विषय र क्रियाकलापप्रति आशक्त हुने गर्दछन् । मीन राशिमा जन्म भएका जातकको राशिस्वामी गुरु (वृहस्पति) हो । यस राशिको द्विस्वभाव संज्ञा, शीतल (नम्र) स्वभाव, विप्र वर्ण, कफ प्रकृति, स्थूल शरीर एवं साधारण बानी व्यहोरा हुन्छ । मीन राशिमा तीन वटा नक्षत्र (पूर्वभाद्रा, उत्तराभाद्रा र रेवतीा) र नौ वटा अक्षर हुन्छन् – दि, दु, थ, झ, ञ, दे, दो, च, चि । नक्षत्रअनुसार मीन राशिका जातकको बेग्लाबेग्लै स्वभाव हुन्छ । जुन यस प्रकार छ :–

पूर्वाभाद्रा नक्षत्रको जन्मफल
हुन त पूर्वाभाद्रा नक्षत्रमा से, सो, द र दी गरी चार वटा अक्षरहरू हुन्छन्, तर मीन राशिमा यस नक्षत्रको एउटा मात्र अक्षर पर्दछ र त्यो हो – दी । त्यसैले दी अक्षरबाट तपाईंको नामको अक्षरको सुरुवात भएको छ भने तपाईंको पूर्वाभाद्रा नक्षत्र र मीन राशि हुन्छ । यस नक्षत्रमा जन्मलिने जातकको प्रकृति यस्तो हुन्छ :–

यिनीहरू संयमी र पूर्ण नियन्त्रित व्यक्तित्व भएका हुन्छन् । कामकाजमा दक्ष हुन्छन्, जिम्मेबार हुन्छन् र आफ्नो दायित्व बुझ्न समर्थ हुन्छन्, त्यसैले स्वाभिमानी र आत्मनिर्भर हुन्छन् । आफ्नो सिद्धान्त र अडानमा स्थिर रहँदै शान्तिपूर्ण जीवन बिताउने इच्छा हुन्छ । धार्मिक, सामाजिक प्रवृत्तिका व्यक्ति हुन्छन् एवं धर्मसंस्कृति र ईश्वरप्रति पूर्ण आस्थावान् हुन्छन् । आफ्नो सद्व्यवहारका माध्यमबाट अन्य व्यक्तिको माया, सम्मान र आस्था बटुल्ने व्यक्तिहरूमध्ये एकजना लोकप्रिय व्यक्ति हुन्छन् । सत्यको आचरणमा रहने, आदर गर्ने र सत्यवक्ता हुन्छन् । इमानदार हुन्छन्, त्यसैले छलकपट र बेइमानीबाट टाढा रहने प्रयत्न गर्छन् । आशावादी हुन्छन्, यसैले पनि जस्तोसुकै परिस्थितिमा पनि लक्ष्यप्राप्तितर्फ उन्मुख हुन्छन् । परोपकारी व्यक्ति हुन्छन् र अर्काको सहयोगका लागि जतिखेर पनि तैयार रहने गर्छन् । कुनै पनि व्यक्तिले कष्ट पाएको छ भन्ने महसुस भएमा परोपकारका लागि जुटिहाल्ने गर्छन् । व्यवहार कुशल र मिलनसार पनि हुन्छन् र सबैसँग प्रेम र वात्सल्यपूर्ण सम्बन्ध राख्छन् । मित्रताको निर्वाह गर्न पनि समझदारी र इमानदारीको प्रयोग गर्छन् । यिनीहरूबाट कहिल्यै पनि कसैको अहित हुँदैन, त्यसैले यिनीहरू विश्वासी र प्रतिष्ठित हुन्छन् । शिक्षा र बुद्धिका दृष्टिकोणले अत्यधिक बुद्धिमान् हुन्छन् । साहित्यमा विशेष रुचि हुने गर्दछ, त्यसबाहेक विज्ञान, खगोलशास्त्र, गणित र ज्योतिषमा पनि पारङ्गत र विद्वान् हुन्छन् । आध्यात्मिक विषयसहित भिन्नभिन्न विषयहरूको राम्ररी ज्ञान प्राप्त गर्दछन् । प्रतिस्पद्र्धा र शत्रुता यिनीहरूको ठूलो कमजोरी हो, त्यस्तै प्रतिस्पद्र्धी वा शत्रुको उछित्तो काढ्न पछि पर्दैनन्, तर त्यसरी शत्रुको कुभलो चिताउँदा चिताउँदै कहिलेकाहीं आफ्ना मर्यादा र प्रतिष्ठामा आघात पुग्ने काम गर्न पनि पछि पर्दैनन् । सामाजिक दायरा पनि धेरै ठूलो हुँदैन, किनभने बढी मानिसहरूसित मेलजोल राख्न मन पराउँदैनन्, त्यसैले मित्रहरूको सङ्ख्या सीमित हुने गर्दछ । आजीविकाका दृष्टिकोणले राजसेवा वा नोकरी र व्यवसाय दुबै अनुकूल हुन्छ । तर व्यवसायका तुलनामा राजसेवा वा नोकरी गर्न विशेषतः मन पराउँछन् र राजसेवा वा नोकरीमा उच्चपदमा आसीन हुन पुग्छन् । व्यवसायप्रति नै आकर्षण भए पनि पूर्ण लगनशीलता र मिहिनेतका साथमा त्यसको संवद्र्धन गर्छन् । फलतः आत्मबल र साहस बटुलेर विषम परिस्थितिबाट उम्कन पुग्छन् । यस नक्षत्रका अधिदेवता अजितपाद हुन् र यस नक्षत्रमा जन्म लिने जातकले अजितपाद देवताको पूजाअर्चना गर्दछन्। यस नक्षत्रको आफ्ना ग्रह देवताका गुरु बृहस्पति हुन्। आँपको रुखलाई पूर्वभाद्रपद नक्षत्रको प्रतीक मानिन्छ र यस नक्षत्रमा जन्मने व्यक्तिले आँपको वृक्षको पूजा गर्नुपर्छ अथवा जन्मिएका जातकले आफ्नो घर वरपर कतै खाली ठाउँमा आँपको रुख रोपेर स्याहार सम्भार गरेमा राम्रो फलिफाप हुन्छ।

पूर्वाभाद्रा नक्षत्रमा जन्मलिने जातकको अशुभ समय :
सामान्यतया ‘दि’बाट नामको सुरुको अक्षर हुने जातकहरूका निमित्त पारिवारिक, मानसिक, आर्थिक, स्वास्थ्य आदिका दृष्टिकोणले जीवनकालका ११ १९ २० २१ २२ २३ २४ २५ २६ ३५ ३६ ४८ ४९ ५० ५१ ५२ ५५ ५६ ६३ ६९ ७० ७१ ७२ ७८ ७९ ८० वर्षहरू कमजोर वर्ष हुनेछन्, त्यसैले ती वर्षहरूमा योग्य ज्योतिषीको सल्लाह लिई स्वस्तिशान्तिका दृष्टिले सचेतता अपनाउनु वाञ्छनीय छ ।

उत्तराभाद्रा नक्षत्रको जन्मफल
उत्तराभाद्रा नक्षत्रमा पर्ने चार वटा अक्षरहरू हुन् – दु, थ, झ, ञ । यी अक्षरबाट तपाईंको नामको अक्षरको सुरुवात भएको छ भने तपाईंको उत्तराभाद्रा नक्षत्र हुन्छ । यस नक्षत्रमा जन्मलिने जातकको प्रकृति यस्तो हुन्छ :–

यिनीहरू उदार र उच्च प्रवृत्ति भएका व्यक्ति हुन्छन् । तीव्र मानसिक शक्तिले सम्पन्न र आत्मनिर्भर हुन्छन् । यिनीहरू खुल्ला जीवन शैली र विचार भएका व्यक्ति हुन्छन् । यिनीहरूमा रहेको चामत्कारिक योग्यता र विशिष्ट कलाका माध्यमबाट आम जनमानस र मित्रवर्गको मन जित्ने सफलता आर्जन गर्दछन् । यथार्थ र सत्यमा विश्वास राख्ने गर्छन् । मजबुत हृदयका हुन्छन्, विषयवासनामा आकर्षण राख्दैनन्, आफ्ना अडानमा रहने बानी हुन्छ । मुखले बोलिसकेपछि त्यसलाई पूरा गरिकन छाड्छन् । स्वभावले उग्र हुन्छन् तर हृदयमा दयाभाव भएका व्यक्ति हुन्छन् । आफ्ना शरणमा आएको व्यक्तिको दिलोज्यानले सहयोग गर्नु यिनको विशेषता हो, तर प्रतिस्पद्र्धी र शत्रुको उछित्तो काढ्न पनि पछि पर्दैनन् । मनमा धर्मप्रति आस्था हुन्छ र धार्मिक÷सामाजिक क्रियाकलापमा जोडिन पुग्छन् । व्यक्तिहरूलाई धार्मिक र आध्यात्मिक भावना सम्प्रेषण पनि गर्छन् । अत्यधिक परिश्रमी हुन्छन्, मिहिनेत र परिश्रम गर्न पछि हट्दैनन् । साहस र हिम्मत पनि हुन्छ त्यसैले विषम परिस्थितिमा पनि डराउँदैनन्, बरु आफूसामु आइपर्ने चुनौतीको डटेर सामना गर्छन् । सिद्धान्तका तुलनामा व्यवहारिकतामा विश्वास राख्ने गर्छन् । बन्दव्यापार÷व्यवसाय र जागिर÷नोकरी दुबै स्थितिमा सफलता पाउँछन् । यिनीहरूको सफलताको सूत्र हो, कर्मप्रतिको विश्वास र लगनशीलता । आफ्नो मिहिनेत र कर्मका बलमा फुटपाथबाट सुरु गरे पनि यिनीहरूमा आकाशको उचाइलाई चुम्न सक्ने सामथ्र्य हुन्छ, सफलताको सिंढीमा एकएक खुड्किलो उक्लँदै अघि बढ्न सक्दछन् र अन्त्यमा सांसारिक सुखसम्मृद्धि जोडेर त्यसलाई उपभोग गर्छन् । अध्यात्म, दर्शन र रहस्यात्मक विद्यामा गहिरो रुचि राख्ने गर्छन् । समाजमा आध्यात्मिक, ईश्वरभक्त र विद्वान्का रूपमा गनिन्छन् । सामाजिक संघसंस्थामा संलग्न रहेर पनि एकान्तमा बस्न मन पराउँछन् । त्यागी प्रवृत्तिका व्यक्ति हुन्छन् र परोपकार एवं दानकार्यमा विश्वास गर्छन् । समाजमा आफ्नो व्यक्तित्वका कारण अत्यधिक सम्मान र आदर प्राप्त गर्दछन् । वृद्धावस्था सुख र आनन्दबाट व्यतीत हुन्छ । आर्थिक रूपले अत्यधिक सम्पन्न हुन्छन्, यिनमा सञ्चय र संरक्षणको राम्रो सीप पाउन सकिन्छ । यस नक्षत्रका अधिदेवता अहिर्बुध्न्य हुन् र यस नक्षत्रमा जन्म लिने जातकले अहिर्बुध्न्य देवताको पूजाअर्चना गर्दछन्। यस नक्षत्रको आफ्नो ग्रह शनिश्चर हो। उत्तरभाद्रपद नक्षत्रमा जन्मिएका जातकले मासुमाछा जस्ता खानेकुरा निचजातिका मान्छेलाई दान गर्दा शुभफलको प्राप्ति हुन्छ। निमको रुखलाई उत्तरभाद्रपद नक्षत्रको प्रतीक मानिन्छ र यस नक्षत्रमा जन्मने व्यक्तिले निमको वृक्षको पूजा गर्नुपर्छ अथवा जन्मिएका जातकले आफ्नो घर वरपर कतै खाली ठाउँमा निमको रुख रोपेर स्याहार सम्भार गरेमा राम्रो फलिफाप हुन्छ।

उत्तराभाद्रा नक्षत्रमा जन्मलिने जातकको अशुभ समय :
सामान्यतया ‘दु’बाट नामको सुरुको अक्षर हुने जातकहरूका निमित्त पारिवारिक, मानसिक, आर्थिक, स्वास्थ्य आदिका दृष्टिकोणले जीवनकालका ०५ ०६ ०७ ०८ ०९ १० १८ १९ २० २१ २२ २३ २४ २५ २७ २८ ५४ ५५ ५६ ५७ ५८ ५९ ६० ६१ ६८ ६९ वर्षहरू कमजोर वर्ष हुनेछन्, त्यसैले ती वर्षहरूमा योग्य ज्योतिषीको सल्लाह लिई स्वस्तिशान्तिका दृष्टिले सचेतता अपनाउनु वाञ्छनीय छ ।

सामान्यतया ‘थ’बाट नामको सुरुको अक्षर हुने जातकहरूका निमित्त पारिवारिक, मानसिक, आर्थिक, स्वास्थ्य आदिका दृष्टिकोणले जीवनकालका ०४ ०५ ०६ ०७ ०८ ०९ १७ १८ १९ २० २१ २२ २३ २४ २६ २७ ५३ ५४ ५५ ५६ ५७ ५८ ५९ ६० ६७ ६८ ६९ वर्षहरू कमजोर वर्ष हुनेछन्, त्यसैले ती वर्षहरूमा योग्य ज्योतिषीको सल्लाह लिई स्वस्तिशान्तिका दृष्टिले सचेतता अपनाउनु वाञ्छनीय छ ।

सामान्यतया ‘झ’बाट नामको सुरुको अक्षर हुने जातकहरूका निमित्त पारिवारिक, मानसिक, आर्थिक, स्वास्थ्य आदिका दृष्टिकोणले जीवनकालका ०३ ०४ ०५ ०६ ०७ ०८ १६ १७ १८ १९ २० २१ २२ २३ २५ २६ ५३ ५४ ५५ ५६ ५७ ५८ ५९ ६६ ६७ ६८ ६९ वर्षहरू कमजोर वर्ष हुनेछन्, त्यसैले ती वर्षहरूमा योग्य ज्योतिषीको सल्लाह लिई स्वस्तिशान्तिका दृष्टिले सचेतता अपनाउनु वाञ्छनीय छ ।

सामान्यतया ‘ञ’बाट नामको सुरुको अक्षर हुने जातकहरूका निमित्त पारिवारिक, मानसिक, आर्थिक, स्वास्थ्य आदिका दृष्टिकोणले जीवनकालका ०२ ०३ ०४ ०५ ०६ ०७ १५ १६ १७ १८ १९ २० २१ २२ २४ २५ ५३ ५४ ५५ ५६ ५७ ५८ ६५ ६६ ६७ ६८ वर्षहरू कमजोर वर्ष हुनेछन्, त्यसैले ती वर्षहरूमा योग्य ज्योतिषीको सल्लाह लिई स्वस्तिशान्तिका दृष्टिले सचेतता अपनाउनु वाञ्छनीय छ ।

रेवती नक्षत्रको जन्मफल
रेवती नक्षत्रमा पर्ने चार वटा अक्षरहरू हुन् – दे, दो, च, ची । यी अक्षरबाट तपाईंको नामको अक्षरको सुरुवात भएको छ भने तपाईंको रेवती नक्षत्र हुन्छ । यस नक्षत्रमा जन्मलिने जातकको प्रकृति यस्तो हुन्छ :–

यिनीहरू उच्च शिक्षित, विद्वान्, योग्य, तेज, गुणवान् र व्यवहारिक मानिस हुन्छन् । धनसम्पन्न र आत्मनिर्भर हुन्छन् । उदारवादी र आफ्नो अधिकार प्राप्त गर्ने व्यक्तिहरूमध्ये पर्दछन्, तर यिनीहरूले अर्काको हक र अधिकारप्रति पनि सचेत रहनु आवश्यक छ । समाज र राष्ट्रमा प्रसिद्धी प्राप्त गर्दछन् । इमानदार हुन्छन्, कसैलार्ई धोका दिने र छलछाम गर्ने प्रवृति हुँदैन । आफ्नो मान्यता र निर्णयमा अडान लिन्छन् । अरुका कुरा हत्तपत्त स्वीकार गर्दैनन्, तर जति दृढनिश्चयी हुन्छन्, व्यवहारमा त्यत्ति नै लचिलो पनि हुन्छन् । कतिपय परिस्थितिमा आफ्नो काम लिनका निमित्त स्वार्थको प्रयोग पनि गर्दछन्, त्यस अवस्थामा व्यवहारमा नरमीपना, चाकरी र चाप्लुसी गर्न पनि पछि पर्दैनन् । यिनै स्वभावगत विशेषताका कारण सफलताको मार्गमा अघि बढ्छन् । यिनीहरू चतुर, धूर्त र चलाख हुन्छन् । बुद्धि प्रखर हुन्छ, समयसापेक्ष उच्च शिक्षा ग्रहण गर्दछन्, तर आम्दानीको जग बलियो हुन लाग्दा शैक्षिक÷प्राज्ञिक गतिविधिलाई निरन्तरता दिन सक्ंदैनन् । बुद्धिपक्ष निरन्तर क्रियाशील हुन्छ, बुद्धिका बलमा नै कुनै पनि कामलाई सम्पन्न तुल्याउने गर्छन् । अद्भूत निर्णय क्षमता पाइन्छ । सुमधुर बोलीवचनका धनी हुन्छन् । सबैसँग मित्रवत् व्यवहार गर्छन् । जीवनमा आइपर्ने समस्त बाधा÷व्यवधानलाई पन्छाउँदै उन्नति र प्रगतिको दिशामा अघि बढी रहन्छन् । सामाजिक क्षेत्रमा राम्रो सम्मान प्राप्त हुन्छ । समाजमा प्रभावशाली व्यक्तिका रूपमा गणना हुन्छ । अध्यात्ममा गहिरो रुचि हुन्छ, आस्थावान् हुन्छन् र परोपकारी÷धार्मिक व्यक्तित्वका रूपमा समाजमा चर्चा हुन्छ । जागिर÷नोकरीप्रति निकै झुकाव हुन्छ । जागिर वा नोकरीमा प्रवेश गरेमा आफ्नो मिहिनेत, बुद्धि र लगनशीलताका कारण उच्चपद हासिल गर्छन् । बन्दव्यापार÷व्यवसायमा पनि राम्रो सफलता प्राप्त हुन्छ र व्यवसायिक रूपले सफल हुन्छन् । सुखशयल र भौतिक सुखको इच्छा राख्छन् र जीवन सुख तथा आराममा व्यतीत हुन्छ । आर्थिक रूपले अत्यधिक सम्पन्न र सम्मृद्ध हुन्छन् । घरपरिवारमा आमा, चेलीबेटी र जीवनसाथीको परम भक्त हुन्छन्, तर पिता, काका वा दाजुसितको सम्बन्ध भने कमजोर हुन्छ । यस नक्षत्रका जातकले ईष्र्यालु प्रवृत्ति, छलछाम, ठगी र गैरकानुनी मार्गलाई त्याग्नुपर्छ, नत्र यिनीहरूको जीवन अत्यन्त कष्टकर भएको देखिन्छ, किनकि यो नक्षत्र गण्डमूल नक्षत्र हो, यस नक्षत्रमा बालबालिकाको जन्म भयो भने जन्मकालको २७ दिनभित्र गण्डमूल शान्ति गर्ने प्रचलन छ, बाल्यावस्थामा गण्डमूल शान्ति गरिएको छैन भने जीवनकालमा एकपल्ट गण्डमूल शान्ति गर्नु श्रेयस्कर हुन्छ । यस नक्षत्रका अधिदेवता पुषा हुन् र यस नक्षत्रमा जन्म लिने जातकले पुषा देवताको पूजाअर्चना गर्दछन्। यस नक्षत्रको आफ्नो ग्रह बुध हो। भलायोको रुखलाई रेवती नक्षत्रको प्रतीक मानिन्छ र यस नक्षत्रमा जन्मने व्यक्तिले भलायोको वृक्षको पूजा गर्नुपर्छ अथवा जन्मिएका जातकले आफ्नो घर वरपर कतै खाली ठाउँमा भलायोको रुख रोपेर स्याहार सम्भार गरेमा राम्रो फलिफाप हुन्छ।

रेवती नक्षत्रमा जन्मलिने जातकको अशुभ समय :
सामान्यतया ‘दे’बाट नामको सुरुको अक्षर हुने जातकहरूका निमित्त पारिवारिक, मानसिक, आर्थिक, स्वास्थ्य आदिका दृष्टिकोणले जीवनकालका १३ १४ १५ ३६ ३७ ३८ ३९ ४० ४१ ४९ ५० ५१ ५२ ५३ ५४ ५५ ५६ ६० ६१ ६२ ७२ ७३ ७४ ७५ ७६ ७७ वर्षहरू कमजोर वर्ष हुनेछन्, त्यसैले ती वर्षहरूमा योग्य ज्योतिषीको सल्लाह लिई स्वस्तिशान्तिका दृष्टिले सचेतता अपनाउनु वाञ्छनीय छ ।

सामान्यतया ‘दो’बाट नामको सुरुको अक्षर हुने जातकहरूका निमित्त पारिवारिक, मानसिक, आर्थिक, स्वास्थ्य आदिका दृष्टिकोणले जीवनकालका १२ १३ १४ १५ ३५ ३६ ३७ ३८ ३९ ४० ४८ ४९ ५० ५१ ५२ ५३ ५४ ५५ ५९ ६० ६१ ७१ ७२ ७३ ७४ ७५ ७६ वर्षहरू कमजोर वर्ष हुनेछन्, त्यसैले ती वर्षहरूमा योग्य ज्योतिषीको सल्लाह लिई स्वस्तिशान्तिका दृष्टिले सचेतता अपनाउनु वाञ्छनीय छ ।

सामान्यतया ‘च’बाट नामको सुरुको अक्षर हुने जातकहरूका निमित्त पारिवारिक, मानसिक, आर्थिक, स्वास्थ्य आदिका दृष्टिकोणले जीवनकालका ११ १२ १३ १४ १५ ३४ ३५ ३६ ३७ ३८ ४७ ४८ ४९ ५० ५१ ५२ ५३ ५४ ५८ ५९ ६० ७० ७१ ७२ ७३ ७४ वर्षहरू कमजोर वर्ष हुनेछन्, त्यसैले ती वर्षहरूमा योग्य ज्योतिषीको सल्लाह लिई स्वस्तिशान्तिका दृष्टिले सचेतता अपनाउनु वाञ्छनीय छ ।

सामान्यतया ‘चि’बाट नामको सुरुको अक्षर हुने जातकहरूका निमित्त पारिवारिक, मानसिक, आर्थिक, स्वास्थ्य आदिका दृष्टिकोणले जीवनकालका ०९ १० ११ १२ १३ १४ १५ ३४ ३५ ३६ ३७ ४५ ४६ ४७ ४८ ४९ ५० ५१ ५२ ५७ ५८ ६८ ६९ ७० ७१ ७२ ७३ वर्षहरू कमजोर वर्ष हुनेछन्, त्यसैले ती वर्षहरूमा योग्य ज्योतिषीको सल्लाह लिई स्वस्तिशान्तिका दृष्टिले सचेतता अपनाउनु वाञ्छनीय छ ।

नक्षत्र बमोजिम यी बेग्लाबेग्लै स्वभाव देखिए पनि मीन राशिका जातकमा पाइने साझा विशेषताहरु निम्नानुसार छन् : 

शारीरिक गठन : मीन राशिमा जन्म भएका जातकको बाटुलो अनुहार, मध्यम उचाइ, गोलाकार र सुन्दर आँखा अनि थोरै मोटोपन, हृष्टपुष्ट शरीर र मिठो बोलीवचन हुन्छ । यस राशिमा जन्म लिने स्त्रीको सुन्दर मुखाकृति हुन्छ, यिनीहरु प्रसन्नचित्त, कल्पनाशील र भावुक हुन्छन् ।

व्यवसाय : मीन राशिका व्यक्ति पेसा वा व्यवसायका दृष्टिले नोकरी, समाजसेवा वा बन्दव्यापार जता पनि सफल हुन्छन् । सामान्यतया यस्ता व्यक्ति राम्रो वक्ता, गुरु वा सल्लाहकार बन्ने गर्दछन् । व्यापार र वाणिज्य कर्ममा निपुण, बौद्धिक कार्य गर्ने, पर्यटनव्यवसाय, समाजसेवी, कर्मकाण्डी पण्डित, शैक्षिकसंस्थाको प्रमुख वा संस्थापक, प्रवचनकर्ता,  उच्च प्रशासनिक अधिकारी आदि कार्यमा दक्ष व्यक्तित्वहरूको प्रायः मीन राशि हुने गर्दछ । प्रायशः मानिसहरू आफ्ना समस्या देखाउँदै यस्ता मानिसहरूकहाँ धाउँछन् र यीसँग सल्लाह प्राप्त गरी खुसी हुने गर्दछन् ।

आर्थिक पक्ष : मीन राशिका जातकको आर्थिक पक्ष बलियो हुन्छ । यिनीहरु भाग्यवादी हुन्छन र यिनीहरुको मुख्य आर्थिक आधार पैतृक र पारम्परिक हुन्छ, साथै धार्मिक अनुष्ठान, उच्च प्रशासनिक कार्य, उच्च शिक्षाका क्षेत्रको काम, लताकपडा, आभूषण, औषधी, काठपातको काम, कृषिकर्म र जग्गाजमिनको कारोबार, मोटरवाहनको क्रयविक्रय, वित्तीय कारोबार र वैदेशिक प्रयोजनका कामबाट यस्ता व्यक्तिले धन र वैभव आर्जन गरेको देखिन्छ । यिनीहरु सामाजिक, धार्मिक र सांस्कृतिक कार्यमा धन खर्च गर्ने गर्दछन् । यिनीहरुमा धनसञ्चय गर्ने राम्रो निपुणता रहेको देखिन्छ ।

चारित्रिक विशेषता : मीन राशिमा जन्मिएका जातक भावुक प्रकृति र कल्पनाशील व्यक्तित्व हुन्छन् । यिनीहरु देशदेशान्तरको भ्रमण गर्ने, घरायसी कामधन्दाभन्दा देशपरदेशमा रुचि राख्ने स्वभावका देखिन्छन् । यस्ता व्यक्ति थोरै महत्वाकाङ्क्षी, जिद्दी, धार्मिक र संयमी हुने गर्दछन् । यिनीहरूलाई सजिलै रिस उठ्दैन, तर रिसाएपछि कसैले नियन्त्रण गर्न सक्दैन । त्यस्तै यिनीहरु गम्भीर हुने गर्दछन् र सबै कुरा बिर्सन सक्छन् तर आफ्नो परम्परा र सिद्धान्तलाई बिर्संदैनन् । धर्मका विरूद्ध आफू पनि केही गर्दैनन्, अनि अर्कालाई पनि गर्न दिंदैनन् । यस्ता व्यक्तिको उठबस सामान्यतया ठूलाबडा र पाको उमेरका व्यक्तिसँग हुने गर्दछ । यिनीहरूको कार्यप्रणाली सादा र सरल हुन्छ तर यस्ता व्यक्ति प्रायशः अर्कालार्ई अर्ति, उपदेश र ज्ञान बाँड्दै जीवन बिताउँदछन् । आफ्ना कुनै पनि जिम्मेबारी र कार्यलाई समयभन्दा पहिले नै पूर्ण निष्ठाका साथ सम्पन्न गर्नु यिनीहरूको विशेषता हो ।

आजीविका : मीन राशिका जातकहरूको एउटै उद्देश्य हुन्छ – जसरीतसरी ऐसोआराम र आलिसान जिन्दगी बाँच्ने । यस राशिका जातक नोकरी र बन्दव्यापार दुबै क्षेत्रमा सफल हुन्छन्, यद्यपि बन्दव्यापारमा प्रशस्त आयआर्जनको सम्भावना हुन्छ । बन्दव्यापार, अध्ययन र पेसाका दृष्टिले यस राशिका जातकलाई उत्तर दिशा शुभ्यफाप्य हुन्छ । यिनीहरुले प्रत्येक पूर्णिमाको चन्द्रमाको दर्शन गरेमा वा प्रतिदिन कुनै मान्यजनको आशीर्वाद लिएमा नोकरी, सामाजिक कार्य र बन्दव्यापारमा राम्रो उन्नति गर्न सक्दछन् ।

प्रेमसम्बन्ध : मीन राशिका मानिसहरु प्रसन्नचित्त, कल्पनाशील र भावुक हुन्छन् । यिनीहरुको अनुहारमा एउटा छुट्टै चमक (तेज) हुन्छ, जुन यिनीहरुको परिचायक बन्दछ । त्यसैले यिनीहरु तुरुन्त मानिसहरूका बीचमा घुलमिल हुन्छन् र आफ्नो स्थान सुरक्षित बनाउँदछन् । यिनीहरुको मानसिक आरोहअवरोह एवं उद्वेग हत्तपत्त बाहिर निस्कँदैन, त्यसैले यी जसलाई प्रेम वा माया गर्दछन्, मनैदेखि गर्ने गर्दछन् । पारिवारिक मान्यता र परम्पराको निर्वाह गर्ने भएकाले यिनीहरुको प्रेमजीवनमा विघ्नबाधा पनि आउन सक्छ । सातौं घरमा द्विस्वभाव राशि भएकाले यिनीहरुको धेरै जनासँग प्रेम हुनसक्छ, तर यिनीहरु प्रेमजीवनमा प्रायशः असफल भएको पाइन्छ ।

इष्ट मित्र : मीन राशिका मानिसहरु सँगीसाथी र आफन्तमा प्रिय हुने गर्दछन् । कर्तव्यपालक, हक्की स्वभाव, सहयोगी भावना, मिलनसार र दयाभाव भएको व्यक्ति हुनाले यिनीहरुका इष्टमित्र त धेरै हुन्छन् । तर आफ्नो भावना वा विचारलाई सही तरिकाले प्रकट गर्न नसक्नाले यिनका साथीभाइको संख्या धेरै हुँदैन । घरपरिवारमा राम्रै सम्बन्ध कायम हुन्छ । यिनीहरु सम्मानका भोका हुन्छन् र आवश्यकतानुसार अरुलाई सम्मान गर्न पनि जान्दछन् । 

रूचि र चासो : मीन राशिमा जन्म लिने व्यक्तिको व्यक्तित्वमा देवगुरु बृहस्पतिको प्रभाव देख्न पाइन्छ, त्यसैले यस्ता मानिसहरू आस्तिक हुन्छन् र दर्शनशास्त्रमा रूचि राख्दछन् । यस्ता व्यक्तिको ज्यादातर रूचि आफ्नो पारम्परिक व्यवसायलाई अघि बढाउनुमा हुन्छ । यिनीहरूमा दूरदर्शिताको गुण हुन्छ, त्यसैले यिनीहरूले आफ्नो बन्दव्यापार र कारोबारमा हम्मेसी हानि ब्यहोर्नु पर्दैन । धार्मिक र पारम्परिक स्वभाव हुनाले यिनीहरु गलत कामबाट टाढा बस्न चाहन्छन् । एक्लै बस्न खोज्नु, आफ्ना विचार, भावना र निर्णय अरुमाथि थोपर्नु अनि आफ्नो लक्ष्यमा एक्लै भए पनि अघि बढ्न खोज्नु यिनीहरुको कमजोर पक्ष हो । दर्शनशास्त्र, धार्मिक ग्रन्थ र साहित्यप्रति यिनीहरूको अभिरूचि हुन्छ । यिनीहरु एउटा राम्रो गुरु वा मार्गनिर्देशक बन्न समर्थ हुन्छन् ।

विवाह एवं दाम्पत्य जीवन : मीन राशिका व्यक्तिको दाम्पत्य जीवन सामान्यतया राम्रै भएको देखिन्छ, तर एकाकीपन र मनमौजी स्वभावका कारण यिनीहरु पति वा पत्नीको भावनालाई बुझ्न असमर्थ भएको देखिन्छ । कल्पना र भावनाका धनी हुनाले यिनीहरु किशोर अवस्थादेखि नै कसैलाई मन पराउँदछन्, तर सातौं राशि कन्या भएकाले यिनीहरु प्रकट अवस्थामा प्रेम गर्न सक्दैनन् । त्यस्तै धार्मिक र पारम्परिक स्वभाव हुनाले मीन राशिका जातकको प्रायशः घरपरिवारको छनोटमा र पारम्परिक विवाह हुने गर्दछ । तर अधबैंसे उमेरमा बहुविवाहको वा विवाहेतर सम्बन्धको सम्भावना पनि देखिन्छ ।

व्यक्तित्व : मीन राशिका जातक बहुआयामी व्यक्तित्वका धनी हुन्छन् तर थोरै पारम्परिक र मनमौजी स्वभाव पनि हुने गर्दछ । यिनीहरु गुरु वा गुरुसमान व्यक्तित्व भएका हुन्छन् । यस्ता मानिसहरु गम्भीर चेष्टा राख्ने, शूरवीर, बोल्नमा चतुर, क्रोधी (रिसाहा), कृपणी, सद्गुणले युक्त, घरपरिवार र बन्धुबान्धवमा सबैको पूज्य, कुलमा प्रिय, आस्तिक बुद्धि भएको, देवपितृभक्त, शीघ्र गति भएको, गीतसंगीतमा रुचि राख्ने, सुन्दर देह भएको, सामान्य कदकाठीको, पति वा पत्नीको वशमा रहने, पण्डित समान श्रेष्ठ र दयालु हुने गर्दछन् एवं गुरुसमान आदर र सम्मान पाउने गर्दछन् । यिनीहरूलाई स्वतन्त्रता मन पर्छ, तर आफूभन्दा ठूलाद्वारा गरिएको निर्देशनलाई पालना गर्दछन् । अलिकति लोभी पनि हुन्छन्, तर आफ्नो स्वार्थमा खर्च गर्न पछि पर्दैनन् । दक्ष, दृढनिश्चयी र आत्मविश्वासी हुन्छन् अनि आफ्नो आत्मविश्वासका कारणले नै यिनीहरुले सफलता र सम्मान प्राप्त गरेको देखिन्छ ।

शिक्षा : बौद्धिक र शैक्षिक क्षेत्रमा मीन राशिका जातकहरु उच्चकोटिका मानिन्छन् । जुनसुकै सैद्धान्तिक विषयमा पनि यिनीहरु सफल हुनसक्छन्, यद्यपि शास्त्रीय विषयहरु, कर्मकाण्ड, भाषासाहित्य, न्याय, कानून, प्रशासन, कुटनीति, भूगर्भशास्त्र, भौतिक विज्ञान, गणित आदि विषयको ज्ञान लिएमा यिनीहरु सफल हुने गर्दछन् । त्यसबाहेक सिर्जनात्मक र रचनात्मक काममा पनि यिनीहरुको सामान्य दिलचस्पी हुन्छ । मीन राशिका जातकले प्रयास गरेको खण्डमा उच्चस्तरको शैक्षिक र प्राज्ञिक उपलब्धी हासिल भएको देखिन्छ ।

स्वास्थ्य : मीन राशिका जातकको बाल्यावस्थामा जलभय र अग्निभय दुबै हुने गर्दछ, त्यस्तै यिनीहरु एक पटक अग्लो स्थानबाट लड्ने भयसमेत हुन्छ । यिनीहरुको बृद्धावस्था मूत्रप्रणाली र पाचनप्रणालीसम्बद्ध रोगले ग्रस्त हुन्छ । प्रायशः मीन राशिका स्त्रीको नाक, कान, घाँटी, आँखा र टाउकोसम्बद्ध रोगव्याधिको सम्भावना हुन्छ । यिनीहरूको कफ प्रकृति भएका कारण धेरै छिटो मौसमी परिवर्तनको प्रभाव पर्दछ, यिनीहरूले सादा पानी र आयुर्वेदिक दबाइको प्रयोग गर्नु उचित हुन्छ । त्यस्तै यिनीहरू गुलियो र मिठो खानेकुरामा धेरै चासो राख्छन्, त्यसैले यस्ता व्यक्ति मोटा हुने गर्दछन् । मीन राशिका सामान्य व्यक्ति सदाचारी हुन्छन्, तर मदिराको कुलतमा फसेका यस राशिका जातकको कलेजो, फोक्सो, आन्द्रा र मलद्वार रोगको चपेटामा पर्दछ ।

घरायसी वातावरण : मीन राशिका जातक सामान्यतया अन्तर्मुखी र गम्भीर स्वभावका हुने गर्दछन् । तर आफ्ना धारणा र इच्छा जस्तै भए पनि भन्नु पर्ने कुरो अगाडि नै भन्छन् । स्वभावमा विनम्रता, मिलनसार र प्रष्टवादिता भएकाले आफ्ना नातागोतामा सुमधुर सम्बन्ध कायम राख्न सफल हुन्छन् । सामान्यतया यिनीहरुको घरायसी वातावरण सुखमय र शान्त नै हुन्छ ।

देवता : कुल, पितृ र विष्णु भगवान्
भाग्यशाली रत्न : राशिको रत्न पुष्पराज, भाग्यरत्न मुगा
अशुभ रत्न : हीरा वा ओपल
शुभ महिना : जेठ, भाद्र, माघ
अशुभ महिना : आषाढ, कार्तिक, फाल्गुन
शुभ राशि : कर्कट, बृश्चिक, मीन
अशुभ राशि : सिंह, तुला, कुम्भ
शुभ दिन : सोमबार, मंगलबार र बिहीबार
अशुभ दिन : बुधबार र शुक्रबार
शुभ दिशा : उत्तर, पूर्व
अशुभ दिशा : पश्चिम
शुभ अंक : १, ५, ८, ९
अशुभ अंक : २, ७
शुभ रंग : पहेंलो
अशुभ रंग : चम्किलो, सेतो