कर्कट राशिको समग्र जीवन

राशिचक्रको चौथो राशि कर्कट हो । यस राशिको प्रतीक चिह्न गँगटो र राशिस्वामी चन्दमा हो । यो चर राशि हो । यस राशिका मानिसहरु कल्पनाशील हुन्छन् । यिनीहरु मानसिक रुपले अस्थिर स्वभावका हुन्छन् र यिनीहरु स्वाभिमानी र छुट्टै इगो (अहम् भाव) भएका मानिस हुन्छन् । जुन ठाउँ, कार्यालय वा व्यापारिक प्रतिष्ठानमा रहेर यिनीहरु कार्य गर्ने गर्दछन्, त्यहाँ कुनै न कुनै कठिनाइ र समस्याले पछ्याई रहेको देखिन्छ । यिनीहरु होसियार र सतर्क पनि रहने गर्दछन् । अश्लेषा नक्षत्रमा बाहेक अन्य नक्षत्रका यस रािशका जातकमा धनवैभव र सुखसुविधाको कमी हुँदैन । यिनीहरु तीक्ष्ण प्रतिभा र श्रेष्ठ बुद्धि भएका व्यक्ति त हुन्छन्, साथै यिनीहरुको कल्पनाशक्ति र स्मरणशक्ति तीव्र हुन्छ तर उपल्लो तहको शैक्षिक उपलब्धी हासिल गर्न असफल हुन्छन् । पानी र चिसो पदार्थ, ठाउँ आदि कर्कट राशिका मानिसलाई मनपर्ने वस्तु हुन् । त्यसैले नदी, तलाउ, समुद्र, डुंगा, पानीजहाज आदिको यात्रा यिनका रुचिक्षेत्र हुन् । यिनीहरु स्वभावले कामुक, कृतज्ञ, सुगन्धित पदार्थका प्रेमी, भोगविलासका आकांक्षी हुने गर्दछन् । यस राशिका जातक मातापिताका परम भक्त हुन्छन्, यद्यपि आमाप्रतिको यिनीहरुको लगाव बढी हुन्छ । गँगटोले जसरी आफूलाई प्रिय लाग्ने वस्तुलाई दह्रो गरी अठ्याउँन सक्दछ, त्यसरी नै यिनीहरु जसलाई समात्दछन्, त्यसको साथ हत्तपत्त छाड्दैनन् । यिनीहरु भावनाप्रधान र कल्पनाशील हुने गर्दछन्, त्यसैले यिनीहरु ग्रहणशील, एकाग्र र धैर्यवान् बन्दछन् । यिनीहरु पानीजस्तै हुन्छन्, जहाँ जेजस्तो वातावरण र परिस्थिति छ, आफूलाई तदनुरुप ढाल्ने गर्दछन् । तर यिनीहरुको निर्णय र मुड कुनबेला बदलिन्छ, थाहा पाइँदैन । यिनीहरु विगतको अनुभूति र भोगाइलाई बिर्संदैनन्, मित्रता र प्रेमभावनालाई जीवनपर्यन्त निर्वाह गर्ने सोच भएका हुन्छन्, तर यिनीहरु आफ्ना इच्छाको अनुयायी हुन्छन् । कल्पना, भावना र सपनाको त्रिवेणी कर्कट राशिका जातकमा प्राप्त हुन्छ, तर कल्पनामा जति रमाउँछन्, उद्यम, मिहिनेत र परिश्रममा यिनको लगाव त्यत्ति बढी रहेको पाइँदैन । शारीरिक रुपले हेर्दा कर्कट राशिका जातकहरु बाल्यावस्थामा दुर्बल, कमजोर र कुपोषणले युक्त हुन्छन्, तर समय र उमेरको बृद्धिका साथ यिनीहरुको आकारप्रकार र शारीरिक बनोटमा पनि बृद्धि हुन्छ । कालपुरुषको कुण्डलीमा कर्कट राशिका जातकले भुँडी र छातीको प्रतिनिधित्व गरेको हुन्छ, त्यसैले यस राशिका जातकले सामान्यतया खानपानमा विशेष सतर्कता अपनाउनु राम्रो हुन्छ । जलतत्त्वयुक्त, शीतल र सौम्य स्वभावका मानिसको प्रायः कर्कट राशि हुन्छ । यस राशिको राशिस्वामी चन्द्रमा, चर (अस्थिर) संज्ञा, सौम्य (नम्र) स्वभाव, विप्र वर्ण, कफ प्रकृति, उत्तर दिशा र दयालु स्वभाव हुने गर्दछ । कर्कट राशिमा तीन वटा नक्षत्र (पुनर्वसु, तिष्य वा पुष्य, अश्लेषा) र नौ वटा अक्षर हुन्छन् – हि, हु, हे, हो, डा, डि, डु, डे, डो । नक्षत्रअनुसार कर्कट राशिका जातकको बेग्लाबेग्लै स्वभाव हुन्छ । जुन यस प्रकार छ :–

पुनर्वसु नक्षत्रको जन्मफल
पुनर्वसु नक्षत्रमा पर्ने चार वटा अक्षरहरू हुन् – के, को, ह, ही । तर यस नक्षत्रको ही अक्षरमात्र कर्कट राशिमा पर्दछ । यस अक्षरबाट तपाईंको नामको अक्षरको सुरुवात भएको छ भने तपाईंको पुनर्वसु नक्षत्र र कर्कट राशि हुन्छ । यस नक्षत्रमा जन्मलिने जातकको प्रकृति यस्तो हुन्छ :–

यिनीहरूको जीवन व्यवसायिक हुन्छ । धार्मिक कार्यमा रूचि रहने गर्छ । धैर्यवान् त हुन्छन् नै लक्ष्य पनि उच्च हुने गर्दछ । कडा मिहिनेत गरी आफ्नो कार्य सम्पादन गर्ने गर्दछन् । दुब्लो पातलो शरीर भएका र प्यासको अनुभूति भइरहने स्वभावका हुने गर्दछन् । त्यस्तै आफ्ना मान्यजन र आफूभन्दा वरिष्ठ व्यक्तिहरूप्रति वफादार र कर्तव्यनिष्ठ हुन्छन् । कमलो हृदय र सुमधुर बोलीवचन हुन्छ । सुरुमा दुब्लोपातलो शरीर भए पनि प्रायशः जीवनको उत्तराद्र्धमा मोटोघाटो जिउ बन्ने गर्दछ । तीव्र स्मरण क्षमता भएकाले एकपटक देखेको र जानेको विषय, वस्तु वा व्यक्तिलाई सम्झने सामथ्र्य हुन्छ । गहिरो अन्तर्दृष्टि हुन्छ । स्वभाव र व्यवहार सरल हुने भएकाले समाजमा अत्यधिक मानसम्मान र आदर हुन्छ । अत्यधिक मिलनसार हुन्छन् र सबैसँग प्रेम, सद्भाव र स्नेह प्रदर्शन गर्छन् । परिणामतः सबैसँग मैत्रीपूर्ण सम्बन्ध हुन्छ । अप्ठ्यारामा परेमा वा कुनै सङ्कटको सामना गर्नु पर्यो भने अप्रत्याशित ढंगले कसैको मद्दत प्राप्त गर्दछन् । आर्थिक मामिलामा सचेत र जानिफकार हुन्छन् र वित्तीय पक्षमा सफलता प्राप्त गर्दछन् । सामान्यतया अङ्ग्रेजी वा अन्य विदेशी भाषासाहित्यका ज्ञाता हुन्छन् । परिवेशअनुसार उच्च स्तरको शिक्षा प्राप्त गर्दछन्, आफूले प्राप्त गरेको ज्ञानलाई आधार बनाई उच्चपदमा पुग्न सफल पनि हुन्छन् । प्रयास गरेमा सरकारी क्षेत्रको उच्चपद प्राप्त गर्दछन् र समाजिक÷राजनीतिक क्षेत्रका विज्ञ व्यक्तिहरूसँग राम्रो सम्बन्ध हुन्छ । राजनैतिक क्षेत्रमा सक्रिय हुन्छन्, त्यस पाटोमा निष्क्रिय नै भए पनि अप्रत्यक्ष रूपले नेताहरूसँग निकटतम सम्बन्ध हुने गर्दछ । सक्रिय राजनीतिमा भाग लिएमा सत्तासुख प्राप्त गर्दछन् । पारिवारिक तथा वैवाहिक जीवन सुखद हुन्छ, छोराछोरी शिक्षित र ज्ञानी हुन्छन् । त्यसैले समग्रतामा जीवन सफल र उच्चस्तरको हुन्छ । धनधान्यका दृष्टिले दौलतमन्द हुन्छन् । आफ्नो सरल व्यवहार र स्वभावका कारण समाजमा राम्रो स्थान प्राप्त गर्दछन् । यिनमा कुनै न कुनै दैवीशक्ति रहने कुरामा ज्योतिषीहरू विश्वस्त देखिन्छन् । यस नक्षत्रको मुख्य ग्रह बृहस्पति हो। वैज्ञानिक दृष्टिकोणले बाँसको रुखलाई पुनर्वसु नक्षत्रको प्रतीक मानिन्छ। यस नक्षत्रमा जन्म लिने व्यक्तिले बाँसको झाङको पूजा गर्ने प्रचलन छ र तिनले आफ्नो घरबारीमा बाँसको झाङ लगाउने गर्दछन् ।

पुनर्वसु नक्षत्रमा जन्मलिने जातकको अशुभ समय :
सामान्यतया ‘हि’बाट नामको सुरुको अक्षर हुने जातकहरूका निमित्त पारिवारिक, मानसिक, आर्थिक, स्वास्थ्य आदिका दृष्टिकोणले जीवनकालका ०१ ०२ ०३ १३ १४ १५ १६ १७ १८ २६ २७ २८ २९ ३० ३१ ३२ ३३ ३५ ३६ ६४ ६५ ६६ ६७ ६८ ६९ ७६ ७७ ७८ ७९ वर्षहरू कमजोर वर्ष हुनेछन्, त्यसैले ती वर्षहरूमा योग्य ज्योतिषीको सल्लाह लिई स्वस्तिशान्तिका दृष्टिले सचेतता अपनाउनु वाञ्छनीय छ ।


पुष्य (तिष्य) नक्षत्रको जन्मफल
पुष्य (तिष्य) नक्षत्रमा पर्ने चार वटा अक्षरहरू हुन् – हु, हे, हो, डा । यी अक्षरबाट तपाईंको नामको अक्षरको सुरुवात भएको छ भने तपाईंको पुष्य (तिष्य) नक्षत्र हुन्छ । यस नक्षत्रमा जन्मलिने जातकको प्रकृति यस्तो हुन्छ :–

यिनीहरू उदारमना र प्रसन्नचित्त व्यक्ति हुन्छन् । त्यस्तै आफ्ना मान्यजन र आफूभन्दा वरिष्ठ व्यक्तिहरूप्रति वफादार र कर्तव्यनिष्ठ हुन्छन् । उच्च विचारका व्यक्तित्व हुन्छन् । खनिज पदार्थ, कृषिक्षेत्र, जग्गाजमिनको कारोबार आदिबाट राम्रो आम्दानी गर्न सक्छन् । यिनीहरूको जीवन खुसीयुक्त र हर्षप्रद हुनेछ, तर संयमता गुमाउनु हुँदैन । परोपकार र अरुको भलाइका निमित्त सदैव तत्पर हुन्छन्, अरुको सेवा र मद्दत गर्न मनपर्छ र मिलनसार स्वभावका व्यक्ति हुन्छन् । बाल्यावस्थामा अत्यधिक अप्ठ्यारो र कठिनाइ हुन्छ । सानो उमेरमा नै विभिन्न अप्ठ्यारा र कठिनाइ भोग्न पाउने हुनाले युवावस्थामा पुगुञ्जेलमा परिपक्व बन्न पुग्छन् । मिहिनेत र परिश्रमबाट कहिल्यै पछि हट्दैनन् र आफ्ना काममा लगनशीलताका साथमा खट्ने गर्छन् । अध्यात्मप्रति गहिरो अभिरुचि लिने गर्छन् र ईश्वरका भक्त हुन्छन् । तर मन चञ्चल हुन्छ, त्यस्तै विपरीतलिङ्गीप्रति दह्रो झुकाव र प्रेम राख्ने गर्छन् । यात्रा र भ्रमणका पारखी हुन्छन् । परिश्रम र मिहिनेतका बलमा जीवनमा क्रमशः भौतिक उन्नति गर्दै जाने गर्दछन् । अनावश्यक वस्तुको खरिदमा धन खर्च गर्दैनन्, तर धन खर्च गर्नुअघि सोचविचार नगरी खर्च गर्ने बानी हुन्छ । व्यवस्थित र संयमित जीवनका अनुयायी हुन्छन् । कसैलार्ई सहयोग वा मद्दतको खाँचो छ भने जस्तो व्यक्ति छ, तदनुरूप तैयार रहने गर्दछन् र व्यक्तिगत लाभहानिको ख्याल गर्दैनन् । त्यस्तै आफ्नो जीवनमा सत्य र न्यायलाई महत्त्व दिने गर्दछन्, जुनसुकै अवस्थामा पनि सत्य र न्यायको मार्गबाट विचलित हुँदैनन्, तर बाध्यतावश सत्यको मार्गबाट पछि हट्नु पर्यो भन उदास र खिन्न हुन्छन् । आलस्यलाई आफूमाथि हावी हुन दिंदैनन् र एकै ठाउँमा अडिन पनि सक्दैनन् । यस नक्षत्रका अधिदेवता बृहस्पति हुन् । नक्षत्रको स्वामी ग्रह शनि हो, तर यस नक्षत्रको गुण वृहस्पति ग्रहसँग मिल्दछ । पीपलको रुखलाई पुष्य नक्षत्रको प्रतीकका रूपमा लिइन्छ र यस नक्षत्रमा जन्मिएका मान्छेले पीपलको बोटको पूजा गर्ने गर्दछन् । त्यस्तै यस नक्षत्रका जातकले आफ्नो घरवरपर खाली ठाउँमा पीपलको रुख रोप्नु पर्दछ ।

पुष्य (तिष्य) नक्षत्रमा जन्मलिने जातकको अशुभ समय :
सामान्यतया ‘हु’बाट नामको सुरुको अक्षर हुने जातकहरूका निमित्त पारिवारिक, मानसिक, आर्थिक, स्वास्थ्य आदिका दृष्टिकोणले जीवनकालका ०४ ०५ ०६ ०७ १२ २६ २७ २८ ४८ ४९ ५० ५१ ५२ ५३ ५४ ६२ ६३ ६४ ६५ ६६ ६७ ६८ ६९ ७३ ७४ वर्षहरू कमजोर वर्ष हुनेछन्, त्यसैले ती वर्षहरूमा योग्य ज्योतिषीको सल्लाह लिई स्वस्तिशान्तिका दृष्टिले सचेतता अपनाउनु वाञ्छनीय छ ।

सामान्यतया ‘हे’बाट नामको सुरुको अक्षर हुने जातकहरूका निमित्त पारिवारिक, मानसिक, आर्थिक, स्वास्थ्य आदिका दृष्टिकोणले जीवनकालका ०३ ०४ ०५ ०६ १२ २५ २६ २७ २८ ४८ ४९ ५० ५१ ५२ ५३ ६१ ६२ ६३ ६४ ६५ ६६ ६७ ६८ ७२ ७३ ७४ वर्षहरू कमजोर वर्ष हुनेछन्, त्यसैले ती वर्षहरूमा योग्य ज्योतिषीको सल्लाह लिई स्वस्तिशान्तिका दृष्टिले सचेतता अपनाउनु वाञ्छनीय छ ।

सामान्यतया ‘हो’बाट नामको सुरुको अक्षर हुने जातकहरूका निमित्त पारिवारिक, मानसिक, आर्थिक, स्वास्थ्य आदिका दृष्टिकोणले जीवनकालका ०२ ०३ ०४ ०५ ११ १२ २४ २५ २६ २७ २८ ४७ ४८ ४९ ५० ५१ ५२ ६० ६१ ६२ ६३ ६४ ६५ ६६ ६७ ७१ ७२ ७३ वर्षहरू कमजोर वर्ष हुनेछन्, त्यसैले ती वर्षहरूमा योग्य ज्योतिषीको सल्लाह लिई स्वस्तिशान्तिका दृष्टिले सचेतता अपनाउनु वाञ्छनीय छ ।

सामान्यतया ‘डा’बाट नामको सुरुको अक्षर हुने जातकहरूका निमित्त पारिवारिक, मानसिक, आर्थिक, स्वास्थ्य आदिका दृष्टिकोणले जीवनकालका ०१ ०२ ०३ ०४ १० ११ १२ २३ २४ २५ २६ २७ २८ ४७ ४८ ४९ ५० ५१ ५९ ६० ६१ ६२ ६३ ६४ ६५ ६६ ७० ७१ ७२ वर्षहरू कमजोर वर्ष हुनेछन्, त्यसैले ती वर्षहरूमा योग्य ज्योतिषीको सल्लाह लिई स्वस्तिशान्तिका दृष्टिले सचेतता अपनाउनु वाञ्छनीय छ ।


अश्लेषा नक्षत्रको जन्मफल
अश्लेषा नक्षत्रमा पर्ने चार वटा अक्षरहरू हुन् – डि, डु, डे, डो । यी अक्षरबाट तपाईंको नामको अक्षरको सुरुवात भएको छ भने तपाईंको अश्लेषा नक्षत्र हुन्छ । यस नक्षत्रमा जन्मलिने जातकको प्रकृति यस्तो हुन्छ :–

यिनीहरू लेखक वा राम्रो वक्ता एवं कला र संस्कृतिका ज्ञाता हुन्छन् । आफ्नो वचन पूरा गर्न असमर्थ हुन्छन् । बढी महत्त्वाकाङ्क्षा राख्नाले आफ्नै जीवनलाई जोखिमयुक्त बनाउन बेर लगाउँदैनन्, त्यसैले उच्चाकाङ्क्षालाई नियन्त्रण गर्नु बेस हुन्छ । असाध्यै इमानदार हुन्छन् तर अवसरलाई उपयोग गर्न पनि पछि पर्दैनन् अर्थात् मित्रता तबसम्म घनिष्ठ हुन्छ, जबसम्म मित्रबाट लाभ लिन सकिन्छ । स्वभाव जिद्दी हुन्छ, आफ्नो जिद पूरा गर्न कसैको कुरा सुन्न सक्दैनन् । विश्वास र भरोसाको कुरा गर्ने हो भने अर्को मान्छेको विश्वास हत्तपत्त गर्दैनन् । असाध्यै बुद्धिमान् हुन्छन् र आफ्नो बुद्धि र चतुर्याइँको बलले प्रगतिको मार्गमा अघि लम्कने प्रयास गर्छन् । आफ्नो वाणिशक्तिमा भएको मिठासलाई प्रयोग गरी लाभ उठाउन जान्ने हुन्छन् । शारीरिक परिश्रमका तुलनामा बुद्धि र चलाखीपनको प्रयोग गरी काम निप्ट्याउन खोज्छन् । व्यक्तिलाई परीक्षण गरी तदनुरूप आफ्नो काम पूर्ण गराउन माहिर हुन्छन् । यिनीहरू खानेपिउने कुरामा पनि सौकिन हुन्छन्, तर मादक पदार्थको प्रयोग गर्नु हुँदैन, गरेमा धन, प्रतिष्ठा र व्यक्तित्वको नाश हुन्छ । बन्दव्यापार÷व्यवसायमा अत्यधिक कुशल हुन्छन्, त्यसैले यिनीहरूले जागिर÷नोकरीका तुलनामा व्यापार गर्नु राम्रो हुन्छ, त्यसैले लामो समयसम्म जागिर वा नोकरीमा आबद्ध हुन सक्दैनन्, गरिहाले पनि कुनै न कुनै व्यापारिक काममा जोडिएको अवस्था हुन्छ । अध्ययन र पठनपाठनमा चासो हुँदैन, तर वित्तीय र व्यापारवाणिज्यका क्षेत्रमा राम्रो पकड हुन्छ । सम्भाषण कलामा प्रवीण हुन्छन्, बोल्न थालेपछि आफ्ना कुरा पूरा नगरी विश्राम लिंदैनन् । प्रशंसा सुन्ने चाहना हुने गर्दछ । असल लेखक हुन्छन् र अभिनयका क्षेत्रमा प्रवेश गरेमा सफल अभिनेता बन्नसक्छन् । सांसारिक र भौतिक दृष्टिले समृद्ध हुन्छन् र धनदौलतबाट परिपूर्ण हुन्छन् । जेजस्तो भए पनि आफ्नै वाहनको सुविधा हुन्छ र व्यक्तित्वविकासको लालसा वा बन्दव्यापारको उद्देश्यबाट प्रेरित भई अत्यधिक यात्रा पनि गर्छन् । निर्णय क्षमता राम्रो हुन्छ, तर छिटो निर्णय दिन सक्दैनन् । व्यक्तित्वमा एउटा पाटो कमजोर हुन्छ, त्यो हो आफ्ना लक्ष्य र उद्देश्यमा चाँडो सफल भएन भने कष्टप्रद र दुःखद अवस्थाबाट पनि गुज्रने गर्छन् । अन्त्यकालमा आध्यात्मिक र दार्शनिक झुकाव बढ्छ र साधुसन्तको शरणमा पुग्छन् । कसैको साथसहयोग नपाए पनि दाजुभाइका बीचमा राम्रो सम्बन्ध हुन्छ र खाँचो परेमा साथ सहयोग प्राप्त गर्दछन् । यिनीहरूले निरन्तर भगवान् शिवको आराधना गरेमा र वर्षमा एकपटक रुद्रीपूजा गरेमा जीवनलाई सन्तुलित र लगनशील बनाउन टेवा पुग्छ । यस नक्षत्रका जातकले ईष्र्यालु प्रवृत्ति, छलछाम, ठगी र गैरकानुनी मार्गलाई त्याग्नुपर्छ, नत्र यिनीहरूको जीवन अत्यन्त कष्टकर भएको देखिन्छ, किनकि यो नक्षत्र गण्डमूल नक्षत्र हो, यस नक्षत्रमा बालबालिकाको जन्म भयो भने जन्मकालको २७ दिनभित्र गण्डमूल शान्ति गर्ने प्रचलन छ, बाल्यावस्थामा गण्डमूल शान्ति गरिएको छैन भने जीवनकालमा एकपल्ट गण्डमूल शान्ति गर्नु श्रेयस्कर हुन्छ । यस नक्षत्रका अधिदेवता नाग देवता हुन्, त्यसैले यो नक्षत्र नागमूल संज्ञक नक्षत्र हो, त्यसैले यस नक्षत्रमा जन्मने जातकले सर्प बध गर्नु हुँदैन र नागदेवताको पूजाआजा गर्नुपर्दछ। अश्लेषा नक्षत्रको मुख्य ग्रह बुधलाई मानिन्छ। नागकेशरीको वृक्षलाई यस नक्षत्रको प्रतीक मानिन्छ । अश्लेषा नक्षत्रमा जन्म लिने जातकले नागकेशरी लताको पूजाआजा गर्छन् । त्यस्तै यस नक्षत्रका जातकहरूले नागकेशरीको लहरोलाई आफ्नो घर वरिपरि रोप्दा शुभ्यफाप्य हुने विश्वास गरिन्छ ।

अश्लेषा नक्षत्रमा जन्मलिने जातकको अशुभ समय :
सामान्यतया ‘डि’बाट नामको सुरुको अक्षर हुने जातकहरूका निमित्त पारिवारिक, मानसिक, आर्थिक, स्वास्थ्य आदिका दृष्टिकोणले जीवनकालका ०४ ०५ ०६ ०७ ०८ १२ १३ १४ १५ १६ १७ १८ १९ २० २१ २२ ३० ३१ ३२ ३३ ४६ ४७ ४८ ४९ ५० ५९ ६० ६१ ६२ ६३ ६४ ६५ ७३ ७४ ७५ ७६ वर्षहरू कमजोर वर्ष हुनेछन्, त्यसैले ती वर्षहरूमा योग्य ज्योतिषीको सल्लाह लिई स्वस्तिशान्तिका दृष्टिले सचेतता अपनाउनु वाञ्छनीय छ ।

सामान्यतया ‘डु’बाट नामको सुरुको अक्षर हुने जातकहरूका निमित्त पारिवारिक, मानसिक, आर्थिक, स्वास्थ्य आदिका दृष्टिकोणले जीवनकालका ०४ ०५ ०६ ०७ १२ १३ १४ १६ १७ १८ १९ २० ३१ ४४ ४५ ४६ ४७ ४८ ४९ ५० ५८ ५९ ६० ६१ ६२ ६३ ६४ ६५ ७१ ७२ ७३ ७४ वर्षहरू कमजोर वर्ष हुनेछन्, त्यसैले ती वर्षहरूमा योग्य ज्योतिषीको सल्लाह लिई स्वस्तिशान्तिका दृष्टिले सचेतता अपनाउनु वाञ्छनीय छ ।

सामान्यतया ‘डे’बाट नामको सुरुको अक्षर हुने जातकहरूका निमित्त पारिवारिक, मानसिक, आर्थिक, स्वास्थ्य आदिका दृष्टिकोणले जीवनकालका ०२ ०३ ०४ ०५ ०६ १२ १६ १७ १८ १९ ३० ४३ ४४ ४५ ४६ ४७ ४८ ५६ ५७ ५८ ५९ ६० ६१ ६२ ६३ ६७ ७० ७१ ७२ ७३ ७९ ८० वर्षहरू कमजोर वर्ष हुनेछन्, त्यसैले ती वर्षहरूमा योग्य ज्योतिषीको सल्लाह लिई स्वस्तिशान्तिका दृष्टिले सचेतता अपनाउनु वाञ्छनीय छ ।

सामान्यतया ‘डो’बाट नामको सुरुको अक्षर हुने जातकहरूका निमित्त पारिवारिक, मानसिक, आर्थिक, स्वास्थ्य आदिका दृष्टिकोणले जीवनकालका ०१ ०२ ०३ ०४ ०५ ०६ १६ १७ १८ १९ ३० ४३ ४४ ४५ ४६ ४७ ५५ ५६ ५७ ५८ ५९ ६० ६१ ६२ ६६ ६७ ७० ७१ ७२ ७३ ७८ ७९ ८० वर्षहरू कमजोर वर्ष हुनेछन्, त्यसैले ती वर्षहरूमा योग्य ज्योतिषीको सल्लाह लिई स्वस्तिशान्तिका दृष्टिले सचेतता अपनाउनु वाञ्छनीय छ ।

नक्षत्र बमोजिम यी बेग्लाबेग्लै स्वभाव देखिए पनि कर्कट राशिका जातकमा पाइने साझा विशेषताहरु निम्नानुसार छन् :- 

शारीरिक गठन : कर्कट राशिका जातक सामान्यतया गहुँगोरो वा निक्खर कालो हुने गर्दछ । कर्क राशिका जातक पातला र मध्यम कदका हुने गर्दछन् । यस राशिका व्यक्तिको टाउको सानो हुन्छ । यस्ता व्यक्तिको काखीमुनि, खुट्टा, पिंडौला, गुप्तांग, पेट आदि क्षेत्रमा दाग वा चिह्न, कोठी आदि हुनसक्छ । त्यस्तै यस राशिमा उत्पन्न भएकी स्त्रीको रुपरंग साँवलो, पुड्की र मिठो बचन भएकी हुनेछ । कम्मरमा पीडा भइरहने तथा छाति र नाकमा कोठी भएकी स्त्रीको कर्कट राशि हुन्छ ।

व्यवसाय : यस राशिमा जन्मिएका जातक यशस्वी, परिश्रमी र स्वाभिमानी स्वभावका हुन्छन्, यस्ता मानिसले प्रायः कसैको पनि आशा गर्नु पर्दैन । यिनीहरूको स्वभावमा कति पटक त जिद्दीपन आउँछ । यस्ता मानिसले आफ्नो स्वभावको यस नकारात्मक पक्षलाई त्याग्ने प्रयास गर्नु पर्छ । वनस्पति विज्ञान, बागवानी, प्रकृतिसँग सम्बद्ध कुनै विशिष्ट ज्ञान, मनोविद्, हास्यव्यङ्ग्यको कलाकार, जलसेनाको कर्मचारी वा त्यस्तै सामुद्रिक कामहरू, फोटोग्राफी आदि जस्ता काम यस राशिका लागि सहज हुन्छ ।

आर्थिक पक्ष : कर्कट राशिका व्यक्तिहरु धनलाई भन्दा भावनामा जोड दिने गर्दछन् । आधारभूत भौतिक आवश्यकताको परिपूर्तिलाई मात्र महत्त्व दिने हुँदा धनसंग्रहको लालसा यिनीहरुलाई हुँदैन । त्यसैले प्रायशः यस राशिका व्यक्तिको जीवनस्तर मध्यमकिसिमको हुन्छ । योजना बनाएर धनलाई परिचालन गर्ने क्षमतामा कमी देखिन्छ, त्यसैले यिनीहरुको आर्थिक स्थितिमा उतारचढाव आइरहन्छ । यस राशिका व्यक्तिले पति वा पत्नी, विपरीतलिंगी सँगीसाथी, पशुचौपाया, राजकाज, नोकरी, तरलपदार्थको कारोबार, देशविदेशको यात्रा, सञ्चारमाध्यम, वित्तीय कारोबार, चाँदी, जडीबुटी र औषधी आदिका माध्यमबाट धनार्जन गर्दछन् ।

चारित्रिक विशेषता : यो चर राशि हो, त्यसैले निरन्तर काम गर्नु यिनीहरूको स्वभाव हो । यस्ता मानिसलाई जलीय स्थाननजिकै बस्न प्यारो लाग्छ । जाडो ठाउँमा बस्नु र ठण्डी वस्तुको सेवन गर्नु यस्ता मानिसलाई धेरै मन पर्छ । जसरी गङ्गटो (कर्क राशिको प्रतीक चिह्न) जल र भूमि दुबै ठाउँमा समायोजन हुनसक्छ त्यसरी नै कर्क राशिका व्यक्ति पनि हरेक परिस्थितिमा आफूलाई बदल्न सक्छन् । यस राशिका मानिसको मन धूर्त स्वभावको हुन्छ । विशेषतः किशोर अवस्थामा मादक पदार्थ, अबैध यौनाचरण र मतिभ्रमको शिकार हुनुपर्दछ । निरन्तर काम गर्नु यिनीहरूको स्वभाव हो, सुखसुविधा नगरी निरन्तर काम गर्नाले यिनीहरूको स्वास्थ्यमा पनि नराम्रो असर पर्दछ ।

आजीविका : यिनीहरूको जीवनशैली ऐश्वर्यपूर्ण हुने गर्दछ । यस्ता व्यक्ति अत्यन्त धैर्यवान हुने गर्दछन्, गाह्रोभन्दा गाह्रो समयमा पनि डराउँदैनन् । उत्तर दिशातर्फ गई अध्ययन, भ्रमण र व्यापार गरेमा बढी लाभ हुनेछ । कर्कट राशीका मान्छेले एउटाभन्दा बढी आयस्रोतको छनोट गर्नु, बारम्बार कार्यक्षेत्र फेर्नु अनि लागूपदार्थ र मादकपदार्थको सेवन गर्नु अति नै खराब हुन्छ र यस्ता मान्छेले जीवनमा अत्यन्त निराशा व्यहोर्नु पर्छ ।

प्रेमसम्बन्ध : राशिमा चन्द्रमाको प्रभाव हुनाले यिनीहरू अति संवेदनशील हुने गर्दछन् । यिनीहरुमा किशोरावस्थामा उत्ताउलोपना र भावुकता बलियो ढंगले देखापर्छ । सातौं भावमा शनिश्चर ग्रहको प्रभाव हुनाले यिनीहरु कठोर, परिपक्व र पाको व्यक्तिसँगको उठबस मन पराउँछन् । मनमा कुरा सँगालेर राख्न नसक्दा कतिपयपटक यिनीहरुको प्रेमजीवनमा विभिन्न विघ्न र बाधा आउनसक्छ । त्यसैले यिनीहरुको जीवनमा मानसिक उतारचढावको सामना गर्नुपर्दछ । प्रेम र दाम्पत्यसम्बन्धको दृढताका लागि यिनीहरुले चन्द्रमाको आराधना गर्दा राम्रो हुन्छ ।

इष्ट मित्र : कर्क राशिका जातक जसका साथ भावनात्मक रूपले जोडिन्छन्, तिनको सुरक्षा गर्नु आफ्नो जिम्मेबारी मान्दछन् । तिनका लागि केही गर्न पनि तैयार रहन्छन् र जुन कुरा वा व्यक्तिसित शत्रुता हुन्छ तिनलाई बर्बाद गर्न बाँकी पनि राख्दैनन् । 

रूचि र चासो : भावनाप्रधान राशि भएका कारणले कर्कट राशिका व्यक्तिको रुचि र चासोको विषय साहित्य, कला, संगीत, अभिनय र मनोरञ्जनात्मक क्षेत्र हुने गर्दछ । सुगन्धित पदार्थ (सेन्ट), आधुनिक पहिरन, फेसनडिजाइनमा पनि यस राशिका व्यक्तिहरुको रुचि हुन्छ । सामाजिक कामधन्दा, धर्म र परोपकारका मार्गमा पनि यिनीहरु भावनात्मक ढंगले जोडिएको देखिन्छ ।

विवाह एवं दाम्पत्य जीवन : किशोरावस्था र यौनउमेरको सुरुमा कर्कट राशिका जातकहरु प्रेम र भावनामा चुर्लुम्म डुब्ने भएकाले प्रायशः यस राशिका मानिसहरुको प्रेमविवाह भएको देखिन्छ । यिनीहरुले प्रायशः कठोर स्वभाव भएको, कुलधर्म, कर्तव्यपालना र दायित्वप्रति सचेत जीवनसाथी प्राप्त गर्दछन् ।  विवाहको लगभग एक दशकपछि यिनीहरुको दाम्पत्य जीवनमा कलह र वैमनस्यले प्रवेश गरेको देखिन्छ । मनमुटाव, निराशा, खटपट र कार्यक्षेत्र अलगअलग भएपनि यिनीहरुको दाम्पत्यजीवनमा वियोग हुँदैन । यस राशिका जातकको पति वा पत्नी धार्मिक, परोपकारी, निष्ठावान्, चलाख, जिम्मेबार हुन्छ, तर कमजोर मानसिक क्षमता र रिस उसको कमजोरी हुन्छ ।

व्यक्तित्व : यिनीहरू अत्यधिक भावनामय हुने गर्दछन् त्यसैले यिनीहरूको निर्णय कति पटक त गलत पनि हुनपुग्छ । कर्क राशि भएका मानिसहरूको जिम्मेबारी सिधै टाउकामा नपुगुन्जेल यिनीहरू गम्भीर हुंदैनन्, तर कुनै कामलाई गर्ने अडान लिए भने त्यसलाई चाहिं गरी छाड्छन् । यस राशिमा जन्मिएका जातकको जीवनमा आकस्मिक परिवर्तन आउँछ । समग्रमा यस राशिका व्यक्ति दयालु र कमलो मन भएका हुन्छन्, साथै पुत्रवान्, चतुरो, शूरवीर, गुरुभक्त, परदेशी, अल्पबल भएको, सुन्दर, आर्थिक हैसियतमा उतारचढाव आइरहने, घर र घरायसी कामधन्दामा चासो नराख्ने तर सामाजिक सम्बन्ध र कार्यमा दिलचस्पी राख्ने,  सबैको प्रिय, विपरीतलिंगीको स्वभाव वहन गर्ने, थेत्तरो, समय अनुसार चल्नसक्ने, अल्छी, रोगी, कामुक तथा फकाएर काम लिन सकिने व्यक्ति कर्कट राशिका जातक हुने गर्दछन् ।

शिक्षा : ज्ञानप्राप्त गर्ने सिलसिलामा यस राशिका जातकको दिमागी क्षमता उच्चस्तरको र तीक्ष्ण रहेको देखिन्छ । छिट्टै वैवाहिक जीवन सुरु भएमा यिनीहरुले थप अध्ययनलाई निरन्तरता दिन सक्दैनन् । यिनीहरुको उद्देश्य आधारभूत र समयसापेक्ष शिक्षा लिने हुन्छ, त्यसैले यिनीहरुको शिक्षा ग्रहण गर्ने क्षेत्र निश्चित हुँदैन, यद्यपि यिनीहरुले चिकित्सा, खाद्यविज्ञान, सिर्जनात्मक सीप, भाषा, साहित्य, कला, प्रशासन र कानूनका विषयमा राम्रो दक्खल गरेको देखिन्छ ।

स्वास्थ्य : यस राशिका व्यक्ति बाल्यावस्थामा अग्लो स्थानबाट लड्ने सम्भावना हुन्छ, उत्सुक र जलप्रिय स्वभाव भएका कारणले बाल्यावस्थामा आगो र पानीको भय पनि हुन्छ । बाल्यावस्थामा चिसो र घाउखटिराको अत्यधिक प्रकोप हुने गर्दछ । यस राशिका मानिसलाई सामान्यतया बुढेसकालमा धम्की, रगतमासी (आउँ) गर्दन वा पेट दुख्ने रोगको प्रकोप भएको देखिन्छ । ठण्डी वस्तुको अत्यधिक सेवन गर्नाले यस्ता मानिसलाई कफसम्बन्धी समस्या हुन्छ त्यसैले यस्ता मानिसले गर्मी वस्तुको सेवन पनि गर्नु पर्छ ।

घरायसी वातावरण : यस राशिका जातकहरुको परिवारका सबै सदस्यहरु र आफन्त एवं नातागोतामा राम्रै सम्बन्ध रहने गर्दछ । तर चालचलन र कामधन्दामा स्वतन्त्रता र निजीपनलाई महत्त्व दिने भएकाले परिवारका सदस्यहरुले यिनीहरुलाई राम्रो मान्दैनन् । सामान्यतया ३५ देखि ४३ वर्षसम्मको समयमा घरपरिवारमा कलह, झैझगडा र आर्थिक संकट हुने गर्दछ । सन्ततिसुख राम्रै हुन्छ, प्रजनन क्षमता अत्यधिक हुनाले प्रशस्त सन्तान हुने सम्भावना पनि हुन्छ, तर कान्छो छोरोबाहेक मरणकालमा कोही पनि साथमा हुँदैन ।

देवता : भगवान् शिव, चन्द्रमा
भाग्यशाली रत्न : राशिको रत्न : मोती, भाग्य रत्न : पुष्पराज
अशुभ रत्न : नीलम
शुभ महिना : ज्येष्ठ, आश्विन, पौष, 
अशुभ महिना : आषाढ, कार्तिक, फाल्गुन
शुभ राशि : कर्कट, बृश्चिक, मकर, मीन
अशुभ राशि : धनु, कुम्भ
शुभ दिन : सोमबार, मंगलबार, बिहीबार
अशुभ दिन : शनिबार
शुभ दिशा : उत्तर, आग्नेय
अशुभ दिशा : पश्चिम
शुभ अंक : १, ४, ८, ९
अशुभ अंक :
शुभ रंग : घिउ रंग
अशुभ रंग : कालो, नीलो