कुम्भ राशि राशिचक्रको एघारौं राशि हो । यस राशिको प्रतीक चिह्न घडा बोकेको पुरुषको आकृति हो र राशिको स्वामी ग्रह शनिश्चर हो । शनिको गति मन्द हुने भएकाले यस राशिमा जन्म लिने मानिसहरु गम्भीर स्वभावका हुन्छन् र जुनसुकै कामधन्दा र क्रियाकलापमा गम्भीरतालाई उपयोग गर्ने बानी हुन्छ । कुम्भ राशि भएका मानिसहरु बुद्धिमान्, इमानदार र व्यवहार कुशल व्यक्ति हुने गर्दछन् । प्रकृतिप्रति असीम झुकाव हुने भएकाले यिनीहरु स्वतन्त्र मिजासका मानिस हुन्छन् । यिनीहरुको जोसुकैसित तुरुन्त मित्रता स्थापना हुन्छ र सामाजिक र सार्वजनिक क्रियाकलापमा रुचि राख्दछन् । भाषा, साहित्य, संगीत, कला क्षेत्रले यिनीहरुलाई आकर्षित तुल्याउँदछ । यिनीहरुको संगत र उठबस सात्विक भाव भएका तथा उच्च पद र प्रतिष्ठा पाएका मानिसहरुसँग हुने गर्दछ । कुनै समयमा पनि अन्याय र असमानताका विरुद्धमा रहने गर्दछन् । यिनीहरुको सरल र लचिलो व्यवहारका कारण धेरै मानिस कुम्भ राशिका जातकहरुसँग आकर्षित र प्रभावित हुन सक्छन् । यस राशिका जातकहरु प्रायशः शारीरिक रुपले दुब्लापातला नै हुन्छन्, तर यिनीहरुको मनोबल उच्च हुन्छ । स्नेहपूर्ण स्वभाव र हँसिलो चेहराका कारण यिनीहरु आकर्षक देखिन्छन् । यिनीहरु खानपान र पहिरनको स्तरीयतामा विश्वास गर्दछन् र आफूले धेरै बोल्नुभन्दा अरुका कुरालाई राम्ररी सुनेर मूल्यांकन गर्ने बानी हुन्छ । मिलनसार स्वभाव हुने भएकाले यस राशिका मानिसका साथीसँगीको संख्या पनि धेरै हुन्छ, त्यसमध्ये पनि विपरीतलिंगी मित्रहरुको राम्रो संख्या हुन्छ । कलात्मक अभिरुचि, सौम्य व्यक्तित्व र मधुर भाषण यिनीहरुको वैशिष्ट्य नै हो । आफू स्वतन्त्र रहन चाहन्छन् र आफ्ना इच्छा र आवश्यकता अरुमाथि लाद्न चाहँदैनन् । यस राशिका स्त्रीहरु पनि थोरै बोल्छन्, जतिबेला पनि मुस्कुराएर बोल्ने र अन्तर्मुखी स्वभाव हुन्छ । यस राशिका केटीहरुको रुचि पेन्टिंग, काव्य, संगीत, नृत्य वा लेखन बन्नसक्छ र उनीहरु हेर्दा सुन्दर र आकर्षक देखिन्छन्, हत्तपत्त अरु व्यक्तिको विश्वास नगर्ने भएकाले यिनीहरु सजिलै आफ्नो मनपेट अर्कालाई समर्पण गर्न मान्दैनन् । सारांशमा कुम्भ राशिका मानिसहरुको समग्र जीवन सुखमय भएर नै बित्दछ । कुम्भ राशिमा जन्म भएमा त्यस व्यक्तिको राशि स्वामी शनिश्चर, स्थिर संज्ञा, क्रूर स्वभाव, शूद्र वर्ण, मध्यम प्रकृति भएको, सामान्यतया होचो शरीर, मृदु वचन व्यक्ति हुन्छ । कुम्भ राशिमा तीन वटा नक्षत्र (धनिष्ठा, शतभिषा र पूर्वभाद्रा ) र नौ वटा अक्षर हुन्छन् – गु, गे, गो, सा, सि, सु, से, सो, द । नक्षत्रअनुसार कुम्भ राशिका जातकको बेग्लाबेग्लै स्वभाव हुन्छ । जुन यस प्रकार छ :–
धनिष्ठा नक्षत्रको जन्मफल
धनिष्ठा नक्षत्रमा पर्ने चार वटा अक्षरहरू हुन् – गा, गि, गु, गे । तर यी चार वटा अक्षरमध्ये अन्तिमका दुई वटा अक्षर गु र गे बाट तपाईंको नामको सुरुवात भएको छ भने तपाईंको धनिष्ठा नक्षत्र र कुम्भ राशि हुन्छ । यस नक्षत्रमा जन्मलिने जातकको प्रकृति यस्तो हुन्छ :–
यिनीहरू असल विचार र उच्च लक्ष्य भएको आदर्शवादी व्यक्तित्व भएका हुन्छन् । सकारात्मक सोच र उत्तम व्यवहारका माध्यमबाट आफ्नो कार्य सम्पादन गर्न सक्छन् । विविध व्यवसाय र पेसामा आबद्ध भई धेरै धनार्जन गर्न सक्छन् । जीवन आनन्दमय हुन्छ । समाजमा प्रसिद्धि प्राप्त गर्नुका साथै आफ्नो सामाजिक सञ्जाल दिनप्रतिदिन फिंजाउँदै अघि बढ्दछन् । आन्तरिक ऊर्जाले भरिपूर्ण हुन्छन् । चुप लागेर बस्न सक्दैनन् र जति बेला पनि केही न केही गरिरहन्छन् । आफ्नो लगनशीलता र सक्रियताका कारण आफ्नो लक्ष्य र उचाइ प्राप्त गर्दछन् । अत्यधिक महत्त्वाकाङ्क्षी हुन्छन् र जुन कुरो मनमा उठ्छ, त्यसलाई पूर्ण गर्न अन्त्यसम्म निडर, साहस र हिम्मतका साथमा खट्न सक्दछन् र लक्ष्यमा पुगेर मात्रै विश्राम लिन्छन् । त्यस्तै आफ्नो अधिकार र वर्चस्व स्थापना गर्न अग्रणी हुन्छन् । मानिसहरूमा आफ्नो वर्चस्व र प्रभाव कायम राख्न मन पर्छ । जुनसुकै काम गर्दा पनि सावधानी अपनाउँदछन् र । स्वाभिमानको मात्रा अत्यधिक हुन्छ, तर कलह र विवादबाट टाढा रहन प्रयत्न गर्दछन्, यद्यपि कलह र विवादलाई टार्न सक्दैनन् र उग्र बन्न पुग्छन्, उग्रता बढ्दै जाँदा हिंस्रक पनि बन्दछन् । राम्रो बौद्धिक क्षमता हुन्छ र कुनै पनि विषयमा तुरुन्त निर्णय लिन सक्दछन् । निर्णयात्मक क्षमता राम्रो हुनाले जीवनमा उच्च सफलता प्राप्त गर्दछन् । जागिर÷नोकरीमा बढी रुचि राख्छन्, यद्यपि लागि जागिर÷नोकरी र बन्दव्यापार÷व्यवसाय दुबै क्षेत्र सफल नै मानिन्छ । दुबैमध्ये जुन क्षेत्रमा लागे पनि उच्च सफलता हासिल गर्न समर्थ हुन्छन् । इन्जिनियरिङ्को क्षेत्र वा प्राविधिक क्षेत्र बढी सफल रहेको देखिन्छ । व्यापारमा लाग्दा हार्डवेयरको क्षेत्रमा बढी अनुकूलता हुन्छ । त्यस्तै घरजग्गाको कारोबारबाट पनि राम्रो लाभ पाउन सक्दछन् । समग्रमा असाध्यै पराक्रमी हुन्छन्, आफ्ना पराक्रमका बलमा जीवनमा आउने अप्ठ्यारा र विपरीत परिस्थितिहरूलाई डटेर सामना गर्छन् । आफ्नो मानसम्मान र मर्यादालाई जीवनमा सबैभन्दा धेरै महत्त्व प्रदान गर्दछन् र स्वाभिमानमा आँच आउँदा उग्र हुन पुग्छन् । यद्यपि शान्तिपूर्ण जीवन यापन गर्ने लालसा हुन्छ, जुनसुकै विवादबाट टाढा रहन चाहन्छन् र बढी महत्त्वाकाङ्क्षी बन्दैनन् । गीतसङ्गीत र कलामा लगाव हुन्छ । मङ्गल ग्रह यस नक्षत्रको स्वामी हो। यस नक्षत्रका अधिदेवता अष्टवसु हुन्। यस नक्षत्रमा जन्मने जातकले अष्टवसुको व्रत र पूजा गर्ने गर्दछन्। शमीको रुखलाई धनिष्ठा नक्षत्रको प्रतीक मानिन्छ र यस नक्षत्रमा जन्मने व्यक्तिले शमीको वृक्षको पूजा गर्नुपर्छ अथवा जन्मिएका जातकले आफ्नो घर वरपर कतै खाली ठाउँमा शमीको रुख रोपेर स्याहार सम्भार गरेमा राम्रो फलिफाप हुन्छ।
धनिष्ठा नक्षत्रमा जन्मलिने जातकको अशुभ समय :
सामान्यतया ‘गु’बाट नामको सुरुको अक्षर हुने जातकहरूका निमित्त पारिवारिक, मानसिक, आर्थिक, स्वास्थ्य आदिका दृष्टिकोणले जीवनकालका ०४ ०५ ०६ ०७ १३ १४ १५ १६ २७ २८ २९ ३० ३१ ३२ ३३ ३४ ४४ ४५ ४६ ४७ ४८ ४९ ५२ ५३ ५४ ५७ ५८ ५९ ६० ६१ ७१ ७२ ७३ वर्षहरू कमजोर वर्ष हुनेछन्, त्यसैले ती वर्षहरूमा योग्य ज्योतिषीको सल्लाह लिई स्वस्तिशान्तिका दृष्टिले सचेतता अपनाउनु वाञ्छनीय छ ।
सामान्यतया ‘गे’बाट नामको सुरुको अक्षर हुने जातकहरूका निमित्त पारिवारिक, मानसिक, आर्थिक, स्वास्थ्य आदिका दृष्टिकोणले जीवनकालका ०४ ०५ ०६ ०७ १३ १४ १५ १६ २६ २७ २८ २९ ३० ३१ ३२ ३३ ३४ ४४ ४५ ४६ ४७ ४८ ५२ ५३ ५४ ५७ ५८ ५९ ६० ६१ ७१ ७२ वर्षहरू कमजोर वर्ष हुनेछन्, त्यसैले ती वर्षहरूमा योग्य ज्योतिषीको सल्लाह लिई स्वस्तिशान्तिका दृष्टिले सचेतता अपनाउनु वाञ्छनीय छ ।
शतभिषा नक्षत्रको जन्मफल
शतभिषा नक्षत्रमा पर्ने चार वटा अक्षरहरू हुन् – गो, सा, सि, सु । यी अक्षरबाट तपाईंको नामको अक्षरको सुरुवात भएको छ भने तपाईंको शतभिषा नक्षत्र हुन्छ । यस नक्षत्रमा जन्मलिने जातकको प्रकृति यस्तो हुन्छ :–
यिनीहरू हिम्मती र साहसी हुन्छन् । लक्ष्य र उद्देश्य अत्यधिक मजबूत र उच्च हुने गर्दछ, एक पटक निर्धारण गरिसकेको कामलाई पूरा गरेर मात्र विश्राम गर्दछन् । जिम्मेवारी र दायित्वको अनुभूति हुन्छ र आफ्ना जिम्मेबारीलाई पूर्णरूपेण निर्वाह गर्ने प्रयास गर्दछन् । यिनीहरूको सोच राजनीतिबाट प्रेरित हुन्छ, त्यस्तै राजनीतिक दाउपेचमा माहिर हुन्छन् । शारीरिक श्रममा विश्वास गर्दैनन् अर्थात् शारीरिक शक्तिका तुलनामा बुद्धिपक्षको भरोसा गर्दछन् । स्वच्छन्द विचारधारा भएका व्यक्ति हुन्छन्, त्यसैले पार्टनरसिपमा काम गर्ने रुचि राख्दैनन् र गरिहाले सफल हुन सक्दैनन् । आलस्य यिनीहरूको ठूलो कमजोरी मानिन्छ, मोजमस्तीमा रमाउँछन् र आरामका सौकिन हुन्छन् । जिन्दगीलाई मेसिनसरह घोटिरहन मन पर्दैन, त्यसैले उन्मुक्त ढंगले जीवनको आनन्द लुट्ने इच्छा राख्दछन् । यिनीहरू जस्तोसुकै कठिन परिस्थितिमा पनि डराउँदैनन् । अप्ठ्यारा परिस्थितिको डटेर सामना गर्न मन पराउँछन् । आन्तरिक ऊर्जा र विश्वासका बलमा कठिनभन्दा कठिन परिस्थितिमा पनि विजयी बन्दछन् । यिनीहरू आदर्शवादी हुन्छन्, धनभन्दा ज्ञानलाई बढी महत्त्व दिने गर्दछन् । तर जिद्दीपन र लिंढेढिपी यिनीहरूको कमजोरी हुन्छ । प्रतिस्पद्र्धीप्रति कडा ढंगले प्रस्तुत हुन्छन् । आफ्नोपन र स्वार्थमा मतलब राख्छन्, त्यसैले सहकर्मीहरूसित पनि बढी घुलमिल हुन सक्दैनन् । बुद्धिको उपयोग गरी धनोपार्जन गर्दछन् । शतभिषा नक्षत्रको स्वामी ग्रह राहु हो भने यस नक्षत्रका जातकको राशी स्वामी शनि हुन्छ। शतभिषा नक्षत्रमा जन्मनेले वरुण देवताको व्रत र पूजाआजा गर्ने चलन छ। कदमको रुखलाई शतभिषा नक्षत्रको प्रतीक मानिन्छ र यस नक्षत्रमा जन्मने व्यक्तिले कदमको वृक्षको पूजा गर्नुपर्छ अथवा जन्मिएका जातकले आफ्नो घर वरपर कतै खाली ठाउँमा कदमको रुख रोपेर स्याहार सम्भार गरेमा राम्रो फलिफाप हुन्छ।
शतभिषा नक्षत्रमा जन्मलिने जातकको अशुभ समय :
सामान्यतया ‘गो’बाट नामको सुरुको अक्षर हुने जातकहरूका निमित्त पारिवारिक, मानसिक, आर्थिक, स्वास्थ्य आदिका दृष्टिकोणले जीवनकालका ०४ ०५ ०६ ०७ २६ २७ २८ २९ ३० ३१ ३२ ३३ ३४ ४३ ४४ ४५ ४६ ४८ ४९ ५० ५१ ५५ ५६ ५७ ५८ ५९ ६० ६१ ६५ ६६ ६७ ६८ ७६ ७७ ७८ वर्षहरू कमजोर वर्ष हुनेछन्, त्यसैले ती वर्षहरूमा योग्य ज्योतिषीको सल्लाह लिई स्वस्तिशान्तिका दृष्टिले सचेतता अपनाउनु वाञ्छनीय छ ।
सामान्यतया ‘सा’बाट नामको सुरुको अक्षर हुने जातकहरूका निमित्त पारिवारिक, मानसिक, आर्थिक, स्वास्थ्य आदिका दृष्टिकोणले जीवनकालका ०३ ०४ ०५ ०६ २५ २६ २७ २८ २९ ३० ३१ ३२ ३३ ४३ ४४ ४५ ४६ ४८ ४९ ५० ५१ ५४ ५५ ५६ ५७ ५८ ५९ ६० ६५ ६६ ६७ ६८ ६९ ७६ ७७ ७८ वर्षहरू कमजोर वर्ष हुनेछन्, त्यसैले ती वर्षहरूमा योग्य ज्योतिषीको सल्लाह लिई स्वस्तिशान्तिका दृष्टिले सचेतता अपनाउनु वाञ्छनीय छ ।
सामान्यतया ‘सि’बाट नामको सुरुको अक्षर हुने जातकहरूका निमित्त पारिवारिक, मानसिक, आर्थिक, स्वास्थ्य आदिका दृष्टिकोणले जीवनकालका ०२ ०३ ०४ ०५ ११ २४ २५ २६ २७ २८ २९ ३० ३१ ३२ ४२ ४३ ४४ ४५ ४६ ४७ ४८ ४९ ५० ५१ ५३ ५४ ५५ ५६ ५७ ५८ ५९ ६५ ६६ ६७ ७६ ७७ वर्षहरू कमजोर वर्ष हुनेछन्, त्यसैले ती वर्षहरूमा योग्य ज्योतिषीको सल्लाह लिई स्वस्तिशान्तिका दृष्टिले सचेतता अपनाउनु वाञ्छनीय छ ।
सामान्यतया ‘सु’बाट नामको सुरुको अक्षर हुने जातकहरूका निमित्त पारिवारिक, मानसिक, आर्थिक, स्वास्थ्य आदिका दृष्टिकोणले जीवनकालका ०१ ०२ ०३ ०४ १० ११ २३ २४ २५ २६ २७ २८ २९ ३० ३१ ४१ ४२ ४३ ४४ ४५ ४७ ४८ ४९ ५० ५१ ५२ ५३ ५४ ५५ ५६ ५७ ५८ ६५ ६६ ६८ ७६ वर्षहरू कमजोर वर्ष हुनेछन्, त्यसैले ती वर्षहरूमा योग्य ज्योतिषीको सल्लाह लिई स्वस्तिशान्तिका दृष्टिले सचेतता अपनाउनु वाञ्छनीय छ ।
पूर्वाभाद्रा नक्षत्रको जन्मफल
पूर्वाभाद्रा नक्षत्रमा पर्ने चार वटा अक्षरहरू हुन् – से, सो, द, दी । तर यस नक्षत्रका सुरुका तीन वटा अक्षरमात्र कुम्भ राशिमा पर्दछन् । त्यसैले से, सो वा द अक्षरबाट तपाईंको नामको अक्षरको सुरुवात भएको छ भने तपाईंको पूर्वाभाद्रा नक्षत्र र कुम्भ राशि हुन्छ । यस नक्षत्रमा जन्मलिने जातकको प्रकृति यस्तो हुन्छ :–
यिनीहरू संयमी र पूर्ण नियन्त्रित व्यक्तित्व भएका हुन्छन् । कामकाजमा दक्ष हुन्छन्, जिम्मेबार हुन्छन् र आफ्नो दायित्व बुझ्न समर्थ हुन्छन्, त्यसैले स्वाभिमानी र आत्मनिर्भर हुन्छन् । आफ्नो सिद्धान्त र अडानमा स्थिर रहँदै शान्तिपूर्ण जीवन बिताउने इच्छा हुन्छ । धार्मिक, सामाजिक प्रवृत्तिका व्यक्ति हुन्छन् एवं धर्मसंस्कृति र ईश्वरप्रति पूर्ण आस्थावान् हुन्छन् । आफ्नो सद्व्यवहारका माध्यमबाट अन्य व्यक्तिको माया, सम्मान र आस्था बटुल्ने व्यक्तिहरूमध्ये एकजना लोकप्रिय व्यक्ति हुन्छन् । सत्यको आचरणमा रहने, आदर गर्ने र सत्यवक्ता हुन्छन् । इमानदार हुन्छन्, त्यसैले छलकपट र बेइमानीबाट टाढा रहने प्रयत्न गर्छन् । आशावादी हुन्छन्, यसैले पनि जस्तोसुकै परिस्थितिमा पनि लक्ष्यप्राप्तितर्फ उन्मुख हुन्छन् । परोपकारी व्यक्ति हुन्छन् र अर्काको सहयोगका लागि जतिखेर पनि तैयार रहने गर्छन् । कुनै पनि व्यक्तिले कष्ट पाएको छ भन्ने महसुस भएमा परोपकारका लागि जुटिहाल्ने गर्छन् । व्यवहार कुशल र मिलनसार पनि हुन्छन् र सबैसँग प्रेम र वात्सल्यपूर्ण सम्बन्ध राख्छन् । मित्रताको निर्वाह गर्न पनि समझदारी र इमानदारीको प्रयोग गर्छन् । यिनीहरूबाट कहिल्यै पनि कसैको अहित हुँदैन, त्यसैले यिनीहरू विश्वासी र प्रतिष्ठित हुन्छन् । शिक्षा र बुद्धिका दृष्टिकोणले अत्यधिक बुद्धिमान् हुन्छन् । साहित्यमा विशेष रुचि हुने गर्दछ, त्यसबाहेक विज्ञान, खगोलशास्त्र, गणित र ज्योतिषमा पनि पारङ्गत र विद्वान् हुन्छन् । आध्यात्मिक विषयसहित भिन्नभिन्न विषयहरूको राम्ररी ज्ञान प्राप्त गर्दछन् । प्रतिस्पद्र्धा र शत्रुता यिनीहरूको ठूलो कमजोरी हो, त्यस्तै प्रतिस्पद्र्धी वा शत्रुको उछित्तो काढ्न पछि पर्दैनन्, तर त्यसरी शत्रुको कुभलो चिताउँदा चिताउँदै कहिलेकाहीं आफ्ना मर्यादा र प्रतिष्ठामा आघात पुग्ने काम गर्न पनि पछि पर्दैनन् । सामाजिक दायरा पनि धेरै ठूलो हुँदैन, किनभने बढी मानिसहरूसित मेलजोल राख्न मन पराउँदैनन्, त्यसैले मित्रहरूको सङ्ख्या सीमित हुने गर्दछ । आजीविकाका दृष्टिकोणले राजसेवा वा नोकरी र व्यवसाय दुबै अनुकूल हुन्छ । तर व्यवसायका तुलनामा राजसेवा वा नोकरी गर्न विशेषतः मन पराउँछन् र राजसेवा वा नोकरीमा उच्चपदमा आसीन हुन पुग्छन् । व्यवसायप्रति नै आकर्षण भए पनि पूर्ण लगनशीलता र मिहिनेतका साथमा त्यसको संवद्र्धन गर्छन् । फलतः आत्मबल र साहस बटुलेर विषम परिस्थितिबाट उम्कन पुग्छन् । यस नक्षत्रका अधिदेवता अजितपाद हुन् र यस नक्षत्रमा जन्म लिने जातकले अजितपाद देवताको पूजाअर्चना गर्दछन्। यस नक्षत्रको आफ्नो ग्रह देवताका गुरु बृहस्पति हुन्। आँपको रुखलाई पूर्वभाद्रपद नक्षत्रको प्रतीक मानिन्छ र यस नक्षत्रमा जन्मने व्यक्तिले आँपको वृक्षको पूजा गर्नुपर्छ अथवा जन्मिएका जातकले आफ्नो घर वरपर कतै खाली ठाउँमा आँपको रुख रोपेर स्याहार सम्भार गरेमा राम्रो फलिफाप हुन्छ।
पूर्वाभाद्रा नक्षत्रमा जन्मलिने जातकको अशुभ समय :
सामान्यतया ‘से’बाट नामको सुरुको अक्षर हुने जातकहरूका निमित्त पारिवारिक, मानसिक, आर्थिक, स्वास्थ्य आदिका दृष्टिकोणले जीवनकालका ११ १२ १३ १४ २२ २३ २४ २५ २६ २७ २८ २९ ३६ ३७ ३८ ३९ ५१ ५२ ६४ ६५ ७२ ७३ ७४ ७५ वर्षहरू कमजोर वर्ष हुनेछन्, त्यसैले ती वर्षहरूमा योग्य ज्योतिषीको सल्लाह लिई स्वस्तिशान्तिका दृष्टिले सचेतता अपनाउनु वाञ्छनीय छ ।
सामान्यतया ‘सो’बाट नामको सुरुको अक्षर हुने जातकहरूका निमित्त पारिवारिक, मानसिक, आर्थिक, स्वास्थ्य आदिका दृष्टिकोणले जीवनकालका ११ १२ १३ १४ २१ २२ २३ २४ २५ २६ २७ २८ २९ ३५ ३६ ३७ ३८ ५१ ५२ ६४ ६५ ७१ ७२ ७३ ७४ वर्षहरू कमजोर वर्ष हुनेछन्, त्यसैले ती वर्षहरूमा योग्य ज्योतिषीको सल्लाह लिई स्वस्तिशान्तिका दृष्टिले सचेतता अपनाउनु वाञ्छनीय छ ।
सामान्यतया ‘द’बाट नामको सुरुको अक्षर हुने जातकहरूका निमित्त पारिवारिक, मानसिक, आर्थिक, स्वास्थ्य आदिका दृष्टिकोणले जीवनकालका ११ १२ २० २१ २२ २३ २४ २५ २६ २७ ३५ ३६ ३७ ४९ ५० ५१ ५२ ५६ ७० ७१ ७२ ७३ ७९ ८० वर्षहरू कमजोर वर्ष हुनेछन्, त्यसैले ती वर्षहरूमा योग्य ज्योतिषीको सल्लाह लिई स्वस्तिशान्तिका दृष्टिले सचेतता अपनाउनु वाञ्छनीय छ ।
नक्षत्र बमोजिम यी बेग्लाबेग्लै स्वभाव देखिए पनि कुम्भ राशिका जातकमा पाइने साझा विशेषताहरु निम्नानुसार छन् :
शारीरिक गठन : यस्ता व्यक्ति अग्ला, पातला, सुन्दर र आकर्षित हुन्छन् । कम्मर थोरै झुकेको वा अलिकति निहुरिएर हिंड्नु यिनीहरूको बानी हुन्छ । यिनीहरूको आँखा गहिरो हुने गर्दछ र तल हेरेर हिंड्छन् । यस्तो मानिसको दन्तद्वार हुने गर्दछ र यस जातकको छातीमाथि वा वगल(कोखो)मा वा खुट्टाका औंला, पैताला आदिमा तिलकोठी वा कुनै किसिमको कालो दागखत आदि हुन सक्छ । कुम्भ राशिमा जन्मिएका स्त्रीको पुष्ट शरीर, पहेलो रंग तथा गहँुगोरो वर्ण भएकी, क्रोधी (रिसाही) तर पतिव्रता र भाग्यमानी हुने गर्दछन्, छिनछिनमा झन्कने बानी हुन्छ, छोरीलाई भन्दा छोरालाई माया गर्दछन्, मित्रका तुलनामा शत्रुको संख्या बढी हुन्छ, शरीरमा कुनै न कुनै किसिमको पीडा भैरहन्छ ।
व्यवसाय : गुप्तविद्याको अध्ययन गर्ने, शोधकर्ता, राम्रो सल्लाहाकार, चित्रकार, राजनीतिज्ञ, समाजलाई नयाँ मार्गदर्शन गर्ने, धर्मज्ञाता, प्रोफेसर, समाजसेवी वा कुनै मन्दिर र मठको मठाधीश आदि हुनुमा कुम्भ राशिको महत्त्वपूर्ण भूमिका हुन्छ । यस्ता व्यक्ति परिश्रमी हुने गर्दछन्, तर अल्छी गर्नुपर्यो भने हदैसम्मका अल्छी हुन्छन्, त्यसैले यिनीहरूले आलस्यलाई त्यागेर कार्यक्षेत्रमा निरन्तरता दिनु राम्रो हो । यस्ता व्यक्ति धेरै मन्द गतिका तर सङ्घर्षशील हुने गर्दछन् ।
आर्थिक पक्ष : कुम्भ राशिका जातकको आर्थिक पक्ष सामान्य हुन्छ । यस राशिमा जन्म भएका व्यक्तिको हातमा धनसम्पत्ति अस्थिर रहन्छ, गोपनीय र रहस्यात्मक विषयमा विश्वास नगर्ने स्वभाव भएका आफूसित जे छ, त्यो सार्वजनिक गर्ने बानी हुन्छ । यस राशिका जातकलाई सवारीसाधन र वाहनबाट राम्रो लाभ मिल्ने गर्दछ । यिनीहरु परम्परा, भाग्य र नियतिमा विश्वास गर्दैनन् । मिहिनेत, लगनशीलता र परिश्रमका माध्यमले धनार्जन गर्दछन् । यिनीहरू अन्तर्मुखी स्वभावका हुन्छन्, योजनाबद्ध ढंगले खर्च गर्ने बानी हुँदैन । पैसा भएको वेला खुलेर खर्च गर्न सक्ने र अभाव संयम भई जीविकोपार्जन गर्ने बानी यिनमा हुन्छ । यस राशिका जातकहरुले सार्वजनिक प्रतिष्ठान वा कार्यालयको काम, दौडधूप र भ्रमणशील भएर गर्ने काम, बैंक वा वित्तीय संस्थाका काम, शिक्षण, प्रशिक्षणका काम, ससाना मिलमेसिनरी र धातु सम्बद्ध काम, सुरक्षा निकाय आदिबाट जीविका सञ्चालन र धनोपार्जन गर्ने स्वभाव यस राशिमा प्राप्त हुन्छ । यस्ता व्यक्तिले अध्ययन, भ्रमण, व्यवसाय र रोजगारीका लागि पश्चिम दिशा गएमा लाभ पाउने सम्भावना हुन्छ ।
चारित्रिक विशेषता : कुम्भ राशिका जातकमा अरुभन्दा फरक किसिमको स्वभाव र संयमशीलता हुने गर्दछ । यस्ता व्यक्ति सफा मन भएका महत्त्वाकाङ्क्षी हुने गर्दछन् । आफ्नो काममा कसैको हस्तक्षेप सहन सक्दैनन् । यस्ता व्यक्ति परोपकारी र उदार हुने गर्दछन् । यस्ता व्यक्तिमा चिडचिडे स्वभाव पनि हुने गर्दछ र सामूहिक भावना हुन्छ । त्यसैले यस्ता मान्छेका शत्रु पनि धेरै हुन्छन् । यिनीहरू धेरैजनाको अघिपछि हिंडडुल गर्दछन् । प्रत्येक समयमा पछि बसेर काम गर्न मन पराउनाले यस्ता व्यक्तिले आफूले गरेका कामको जस पनि पाउँदैनन् । यस्ता मान्छे अलि लजालु स्वभावका हुन्छन्, त्यसैले भीडभाडमा र धेरै जना भएको ठाउँमा आफ्ना कुरा भन्न सक्दैनन् । यिनीहरूले आफ्नो व्यवहारमा थोरै परिवर्तन गर्नु पर्छ र अर्काको कुरा सुन्ने अनि आफ्ना कुरालाई खुलेर बोल्ने बानी बसाल्नु पर्छ ।
आजीविका : कुम्भ राशिका जातकहरु मिहिनेती हुने गर्दछन्, त्यसैले नरोक्किइकन निरन्तर काम गरी रहन्छन्, त्यसैले यिनीहरूले गरेका काममा गल्तीको सम्भावना कम हुने गर्छ । यस्ता मानिसहरू जति मिहिनेती हुने गर्दछन्, कहिलेकाहीं त्यति नै अल्छी पनि हुनपुग्छन् । यस्ता व्यक्ति दृढनिश्चयी र संयमी हुने गर्दछन् । जीवनमा आइपर्ने बाधासित डराउँदैनन्, बरु तिनलाई डटेर सामना गर्दछन् । यस्ता मानिसहरूले बदला लिनु पर्यो भने पछि पर्दैनन् । यस्ता मानिसहरू स्थिर र जिद्दी स्वभावका हुन्छन् । अरुमाथि आश्रित हुन चाहँदैनन्, जेजति क्षमता छ, कर्मशील रहनु यिनीहरुको विशेषता हो ।
प्रेमसम्बन्ध : कुम्भ राशिका व्यक्ति बाहिरबाट हेर्दा नम्र र कोमल स्वभावका देखिन्छन्, तर यिनी वास्तवमा कठोर स्वभावका एकोहोरा र जिद्दी हुन्छन् । यस्ता व्यक्ति विषयको गहिराइमा डुबेर सोच्दछन् र यिनीहरूको सोच अन्य मानिसहरूको सोचभन्दा भिन्न हुन्छ, त्यसैले मानिसले यिनीहरूको कुरालाई सजिलै बुझ्दैनन् । रहस्यमय हुनाले यिनीहरु हाकाहाकी प्रेमभावना र कोमलता प्रकट गर्दैनन् । बोलीवचन नरम हुन्छ, अपरिचित व्यक्तिहरु यिनीहरुसित छिटो आकर्षित हुन्छन्, तर मन बुझ्न नसक्नाले पुनः टाढिने सम्भावना हुन्छ । सातौं राशिमा सूर्यको प्रभाव हुनाले यिनीहरु कल्पना र भावनालाई जोड दिंदैनन्, यिनीहरुको प्रेमभावनामा वासना र कामुकताले प्रवेश पाउँदैन, जसलाई मन पराउँछन्, त्यसलाई सम्भव भएसम्म अन्तिम घडीसम्म साथ दिन्छन् । तर यिनीहरुको युवावस्थाको सुरुमा भएको प्रेमबाट धोका हुने सम्भावना हुन्छ ।
इष्ट मित्र : कुम्भ राशिका मानिसको मानसिक आवेग र आरोहअवरोह बुझिनसक्नु हुन्छ । त्यसैले यिनीहरुले धेरै इष्टमित्र बनाउन सक्दैनन् । यिनीहरु आफन्तमा विश्वासिला र भरपर्दा, कर्तव्यपालक, हक्की स्वभाव, सहयोगी भावना, मिलनसार र दयालु त हुन्छन्, तर इष्टमित्रको मन जित्न असमर्थ रहने गर्दछन् । यिनीहरु स्वार्थी त हुँदैनन्, तर व्यक्तिगत जीवनमा मतलबी हुन्छन् । सामूहिक भावना, सार्वजनिक हीत, परम्परा र रीतिस्थितिप्रति यिनीहरुको विशेष रुचि हुँदैन । त्यसैले यिनीहरुले इष्टमित्र बनाउन सक्दैनन् र भएका मित्र पनि क्षणिक हुन्छन् । त्यस्तै यिनीहरु आफ्नो स्वार्थका निमित्त र पारिवारिक प्रयोजनका लागि जानाजानी कुनै गलत तरिकाले काम गर्न चाँहदैनन्, तर पनि यी काममा आफ्नो व्यक्तिगत महत्ता र मतलब कति छ, मूल्यांकन गर्ने बानी हुन्छ ।
रूचि र चासो : यस्ता व्यक्ति यात्राप्रेमी हुन्छन् र यात्राबाट लाभसमेत प्राप्त गर्दछन् । यस्ता व्यक्तिको साहित्यमा रूचि हुन्छ र राम्रो साहित्यकारका रूपमा ख्याति कमाउने सम्भावना पनि हुन्छ । यस्ता व्यक्ति अध्यात्मका प्रति रूचि होस् भन्ने चाहन्छन्, दर्शनशास्त्रमा पनि विशेष रूपले रूचि हुन्छ र आफ्नो दिनचर्यामा पनि त्यसलाई समावेश गर्दछन् ।
विवाह एवं दाम्पत्य जीवन : दाम्पत्य जीवन सकारात्मक नै हुन्छ, उत्तम गुण र शीलस्वभावले युक्त जीवनसाथी प्राप्त गर्दछन्, तर यिनीहरु पति वा पत्नीको आश्रय र वशमा रहन सक्दैनन् । त्यसैले वैवाहिक जीवनको केही वर्षपछि पतिपत्नीमा कलह, वैमनस्य र झैझगडा हुने सम्भावना हुन्छ, यदाकदा यस्तो झगडा सम्बन्ध विच्छेदको परिस्थितिमा पनि पुग्छ, त्यसैले पतिपत्नी बीचको दूरी बढ्न दिनु हुँदैन ।
व्यक्तित्व : कुम्भ राशिको व्यक्तित्वमा शनिको प्रभाव देखिन्छ । यिनीहरु परोपकारी र दाता हुन्छन्, उष्ण स्वभाव, क्रुर (रिसाहा), कुनै नयाँ वस्तुको अन्वेषक वा आविष्कारक, धार्मिक स्वभाव, संगीतप्रिय, शान्त, केही अल्छी भए पनि कुशल, कृतज्ञ, सुन्दर शरीर भएको, धन र विद्या दुबै पक्षमा सम्मृद्ध, नडराउने हक्की हुने गर्दछन् । यिनीहरूलाई धेरै छिटो रिस उठ्छ, जति छिटो रिसाउँदछन्, त्यत्ति नै छिटो शान्त पनि हुन्छन् । स्वाभिमानी हुन्छन् र यदाकदा यिनीहरूको स्वाभिमान अहङ्कारमा परिवर्तित हुन्छ, अतः प्रत्येक समयमा आफ्नो स्वाभिमानलाई मात्र महत्त्व दिनु उचित हुँदैन, यिनीहरुले कहिलेकाहीं अर्काको खुसीको सम्मान गर्न पनि सिक्नु आवश्यक छ ।
शिक्षा : कुम्भ राशिका मानिसको राम्रो बौद्धिक क्षमता हुने गर्दछ, तर पठनपाठनको क्रम कुनै कारणले रोकिएमा फेरि अघि बढ्न सक्दैनन् । किशोरावस्थामा यिनीहरुको अध्ययनअध्यापनको स्तर उत्तम हुन्छ । घरपरिवारले वास्ता नगर्नाले र अनुशासनमा राख्न नसक्नाले यिनीहरुको पढाइको क्रम छिट्टै रोकिने सम्भावना हुन्छ, तर अनुशासन र प्रेरणाप्रद वातावरण प्राप्त गर्न सकेमा यिनीहरुले इन्जिनियरिंग, गणित, वन, वातावरण, खाद्यविज्ञान, भूगर्भशास्त्र, कृषिशास्त्र, पशुचिकित्सा, चिरफार, होटल, पर्यटनसम्बद्ध विषय, व्यवस्थापन, शिक्षाशास्त्र आदि क्षेत्रमा उन्नति गर्दछन् । यस्ता व्यक्ति जति लेख्न सक्छन्, यिनमा त्यति वाक्कौशल हुँदैन ।
स्वास्थ्य : सामान्यतया यस राशिका जातकहरु बाल्यावस्थामा कुपोषण र पाचनप्रणालीसम्बद्ध रोगका शिकार रहने गर्दछन् । त्यसपछि आमरुपमा निरोगी नै हुन्छन् । आहारविहारमा सतर्क हुन नसक्दा यिनले बुढेसकालमा किसिमकिसिमका रोगलाई निम्त्याउने गर्दछन् । सामान्यतया यिनीहरु ताप, पाचनप्रक्रिया र हड्डीका रोगी हुन्छन् । बाल्यावस्थाका ५ वर्षसम्मको उमेरभित्र पानीमा डुब्ने, अग्लो स्थानबाट हाम्फाल्ने वा पोल्ने सम्भावना पनि हुन्छ, त्यस्तै बृद्धावस्थामा बाथ, हाडजोर्नी, नसा र मनोव्यथाका शिकार हुने गर्दछन् ।
घरायसी वातावरण : मकर राशि भएका व्यक्तिको पारिवारिक वातावरण र घरायसी सुख सामान्य हुन्छ । बाल्यावस्थामा मातापिताको मायाममता एकसाथ पाउने परिस्थिति बन्दैन । स्वभावले उदारमना, परोपकारी र सहयोगी हुन्छन्, तर मनका कुरा खोल्न नसक्नाले यिनीहरु संयुक्त परिवारका तुलनामा एकल परिवारमा रमाउने गर्दछन् । चौथो स्थिर राशि बृष भएकाले पैतृक सम्पत्ति र जग्गाजायदातको स्थिति पनि राम्रै हुन्छ । सामान्यतया यस राशिका जातक कान्छो सन्तानका रुपमा जन्मन्छन्, यदाकदा भाइबहिनी भई हालेमा तिनीहरुसित असल सम्बन्ध कायम हुन सक्दैन । यस राशिका व्यक्तिको छोराको तुलनामा छोरीको संख्या बढी हुन्छ । प्रायशः कडा मिजासका जीवनसाथी प्राप्त गर्दछन् र पति वा पत्नीसित खुलेर आफ्ना कुरा राख्ने वातावरण बन्दैन ।
देवता : भगवान् शिव जी, नाग देवता
भाग्यशाली रत्न : राशिको रत्न : नीलम, भाग्य रत्न : हीरा
अशुभ रत्न : गोमेद, पन्ना
शुभ महिना : वैशाख, श्रावण, पौष
अशुभ महिना : जेठ, आश्विन, माघ
शुभ राशि : मिथुन, सिंह, तुला, कुम्भ
अशुभ राशि : कर्कट, कन्या, मकर
शुभ दिन : बुधबार, शुक्रबार, शनिबार
अशुभ दिन : आइतबार, सोमबार
शुभ दिशा : पश्चिम
अशुभ दिशा : उत्तर, पूर्व
शुभ अंक : २, ३, ६ र ७
अशुभ अंक : ४, ५
शुभ रंग : कालो, नीलो
अशुभ रंग : कलेजी