वार्षिक पञ्चाङ्ग निर्धारण गर्ने र चाडबाड मनाउने क्रममा संसारभरि सूर्य र चान्द्र पद्धतिको अनुसरण गर्ने चलन छ र धेरैजसो चान्द्र पद्धतिमा आधारित पञ्चाङ्गका आधारमा विभिन्न चाडबाड र तिथिपर्व मनाउने समुदायको बाहुल्य देखिन्छ । यसै आधारमा संसारभरिका बौद्ध धर्मावलम्बीहरूले नयाँ वर्षको स्वागतमा ल्होसार पर्व मनाउने गर्दछन् । ल्होसार तिब्बती ज्योतिष शास्त्र र पात्रोमा आधारित पर्व हो, यद्यपि वास्तविक गणनापद्धति के हो ? यकिन छैन । त्यसैले पनि नेपाल र अन्यत्रका बौद्ध धर्मावलम्बीहरूले यी तीन वटै ल्होसारलाई फरकफरक मिति र पद्धतिमा मनाएको पाइन्छ । ग्याल्पो लोसार मङ्गोल बादशाह चङ्गेज (जङ्गिच) खानको विजयोत्सवका रूपमा मनाइने गरेको मान्यता छ । त्यस्तै शेर्पा समुदायले छयोठुल दुछेन अर्थात फाल्गुन महिनामा भगवान् बुद्धले धार्मिक र आध्यात्मिक शक्तिको प्रदर्शन गरी गैरबौद्ध तैर्थिकहरूलाई हराएको प्रातिहार्य दिवसका रूपमा मनाएका हुन् । सबैभन्दा पछि अर्थात् अन्तिममा मनाइने ग्याल्पो ल्होसार नेपालका शेर्पा, लामा तथा भोटे समुदायमा प्रचलित छ । यसरी नै जापान, चीन, हङ्गकङ्ग, ताइवान, कोरिया, थाइल्याण्ड, भुटान र तिब्बतमा रहेका बौद्ध धर्मावलम्बीहरूले पनि दिन फरक भए पनि नयाँ वर्ष मानी लोसार चाड मनाउने गर्दछन् ।
ऐतिहासिक रूपमा अन्वेषण गर्दा प्रकृतिका हिस्सा मानिएका विभिन्न पशु र पन्छीको प्रतिनिधित्व हुने गरी प्रत्येक वर्षको गणना गर्ने पद्धति तिब्बती नाग्ची पात्रोमा विद्यमान रहेको देखिन्छ । उक्त पात्रोअनुसार बाह्र बर्षको एउटा “लोखोर” अर्थात चक्र, र ५ लोखोरको अवधिलाई “राब् लो च्यिग” अर्थात एक संवत्सर मानिन्छ । ग्याल्पो ल्होसारलाई राजा अर्थात् शासक वर्गको लोसार पनि भन्ने गरिन्छ, यसबाहेक बौद्धग्रन्थअनुसार शाक्यमुनि बुद्धले आफ्नो ऋद्धि शाक्ति प्रदर्शन ६ जना अबौद्ध साधुहरुलाई पराजित गरेको प्रसङ्ग पनि यो ल्होसारसँग सम्बद्ध भएको मानिन्छ । उहिले कुनै समयमा फागुनशुक्ल प्रतिपदादेखि फाल्गुन पूर्णिमासम्मका १५ दिनमा ती अबौद्ध साधुहरू पराजित भएका थिए भन्ने लोकोक्ति छ । त्यसैले यस अवधिलाई विजयोत्सवका रूपमा धुमधामका साथमा मनाइएको हो । जेजसरी र जुन तिथिमितिमा मनाए पनि ल्होसार शब्द तिब्बती भाषाको शब्द हो । यसमा ल्हो र सार वा छार गरी दुईवटा शब्दको मेल छ, त्यसमध्ये लो शब्दको अर्थ बर्ष हो र सार भनेको नयाँ हो, अर्थात लोसारको शाब्दिक अर्थ हो एक साल समाप्त भएर अर्को नयाँ सालको उदय हुनु । प्रत्येक वर्षको लोसार (नयाँ साल) को गन्ती र नामाकरण १२ वटा जनावरहरूको नाम, ५ धातु र २ लिङ्गबाट हुन्छ । १२ वटा जनावरको नामहरू हुन् - १) मुसा (चीवा), २) गोरु (लाङ), ३) बाघ (तक), ४) खरायो (ह्ये), ५) गरुड (डुक), ६) सर्प (डुल), ७) घोडा (ता), ८) भेडा (लुक), ९) बाँदर (टे), १०) चरा (च्या), ११) कुकुर (खी) र १२) बँदेल (फक) हुन । यी बाह्रवटा ल्होको चक्र प्रत्येक बाह्र वर्षमा दोहोरिने गर्दछ । त्यस्तै दुई वर्षको एउटा तत्त्व निर्धारण गरिएको हुन्छ, ती तत्त्व हुन् - १) माटो (स), २) आगो (मे), ३) काठ (सिङ), ४) फलाम (च्या) र ५) पानी (छ्यु) हुन् । पाँच तत्त्व र बाह्र ल्होसारको एउटा चक्र ६० वर्षको हुन्छ । यो पनि दुईवटा लिङ्ग स्त्री र पुरुषमा आधारित हुन्छ । यसरी १२ वटा जनावरको नाम, ५ वटा धातु र २ वटा लिङ्गको चक्रको प्रयोग गरी लगातार १२० वर्षको समय चक्रको गणना हुन्छ । त्यसपछि यो क्रम दोहोरिरहन्छ ।
नेपालका बौद्ध धर्मावलम्बीहरूले तोलो (तमु) ल्होच्छार, सोनाम ल्होसार र ग्याल्पो लोसार गरी तीन किसिमका लोहार मनाउने गर्दछन् । तोलो (तमु) ल्होच्छार प्रत्येक वर्ष पौष महिना मनाउने गरिन्छ । धेरैजसोले यसलाई पौष महिनाको १५ गते मनाएको देखिन्छ भने केहीले पौष महिनाको शुक्लपक्षको प्रतिपदा तिथिका दिन मनाउने गर्दछन् । प्राकृतिक रुपमा सूर्य उत्तर दिशा फर्कने, रुख विरुवाको नयाँ पालुवा फेरिने र यति वेलादेखि नै रात छोटों र दिन लामो समेत हुने भएकाले यो आम जीवनको नयाँ आयाम थपिने भएकाले यो ल्हाेसार मनाइएको हुनुपर्छ । यो ल्होसार विशेष गरी गुरुङ्ग समुदाय र पश्चिम तथा सुदुर पश्चिमका केही जिल्लाहरूमा मनाउने चलन छ । मोटामोटी तमु ल्होसार मनाइएको एक महिनापछि अर्को ल्होसार आउँछ, सोनम ल्होसार । यो ल्होसार माघ महिनाको शुक्लपक्षको प्रतिपदा तिथिका दिन पर्ने गर्दछ । हिमाली भेगमा सामान्यतया माघ महिनादेखि नयाँ खेतीपातीको कार्य शुरु हुने भएकोले कृषिवृत्तिमा आधारित आम जनसमुदायले यो अवसरलाई नयाँ वर्ष (ल्होसार) का रूपमा मनाउँदै आएको विश्वास गरिन्छ । त्यसैले यसलाई किसानहरुको ल्होसार पनि भन्ने गरिन्छ । सोनाम ल्होसार तामाङ र ह्योल्मो समुदायमा प्रचलित छ । अन्तिम ल्होसार ग्याल्बो ल्होसार हो । यो फाल्गुन महिनाको शुक्लपक्षको प्रतिपदाका दिन पर्दछ ।

शेर्पा समुदायमा पुरानो ल्हो को समापनअघि नै करिव दुई वा तीन दिनअघि पर्ने कृष्णपक्षको चतुर्दशीका दिनदेखि नै घरघरमा सकेसम्म लामा (पुरोहित) ल्याई पूजापाठ प्रारम्भ गर्ने गरिन्छ । घरघरमा लामालाई स्वागतसत्कार गर्ने परिस्थिति नभएमा गाउँ वा टोलमा भएको गुम्बामा लामाहरू धार्मिक विधिविधान र अनुष्ठान गरी पुरानो वर्षको विदाइ र नयाँ वर्षको स्वागत गर्ने गर्दछन् । लोसार सुरु हुनुपूर्व एक महिना वा पन्ध्र दिनअघि नै शुभ साइत हेरी ल्होसारको सगुनका लागि आवश्यक छ्याङ (जाँड) पकाउने गरिन्छ । त्यसै गरी पन्ध्र दिनअगाडि सानो गमलामा नयाँ पालुवाका लागि गहुँ, जौ, मकै, उवा आदिको बिउ राखेर च्याङमा अर्थात् जमरा उमारिन्छ । यसका साथै घर गुम्बा, तीर्थस्थल र चौताराहरु सफासुग्घर गरी लिपपोत गरेर रङरोगन गर्ने र विशेष प्रकारको रोटी खप्से बनाउने र परिवारका प्रत्येक सदस्यका लागि नयाँ लुगा खरिद गर्ने कार्यहरू सम्पन्न गरिन्छ । नयाँ वर्ष (ल्हो) सुरु हुनुभन्दा दुई दिनअगाडि ङिश्यु गु अर्थात् कृष्णपक्षको चतुर्दशीका दिन आफ्नो घरभित्र र वरिपरि सफासुग्घर गरी निस्केको फोहोर, पुरानो लुगा, सिक्का, नुन, खोर्सानी आदि पुरानो नाङ्लोमा राखी तीनवटा बाटोको सङ्गम भएको स्थानमा फालिएमा ग्रहदशा जाने र घरमा लच्छिन (शुभ सकुन) भित्रिन्छ भन्ने जनविश्वास छ । त्यसै दिनबाट गुम्बाहरूमा लामाहरूद्वारा पूजापाठ र बौद्ध कर्मकाण्ड प्रारम्भ गरिन्छ । उक्त दिन विशेष किसिमको खाद्य परिकार “गुथुक” खाने चलन पनि छ, जुन ९ थरीभन्दा बढी अन्न र गेडागुडी मिसाएर पकाइएको हुन्छ । शेर्पा भाषामा “गु” भनेको ९ र “थुक” भनेको मिश्रण हो । गुथुकभित्र नयाँ बर्षको भाग्य परीक्षण गर्न घिउ, नुन, खोर्सानी, कोइला आदि राखेर बनाएको आँटाको डल्ला पनि राखिन्छ र गुथुक खाँदा परिवारका हरेकलाई १।१ वटा विशेष ढंगले बनाइएको डल्लो भागमा हालिदिएपछि सबैले आ-आफ्ना भागमा परेको आँटाको डल्ला खोलेर आफ्नो भाग्य र स्वभाव कस्तो रहेछ भनेर हेर्दछन् र ख्यालठट्टा गरी रमाइलो गर्छन् । त्यसपछि औंसीको दिन छ्योसम अर्थात पुजाकोठामा पहिला पकाएको जाँड (याङछाङ), छिमार, जमरा, खप्से, बिस्कुट, मिठाइ, फलफूलहरू मिलाएर सजाउने गर्दछन् । खप्से भन्नाले मैदामा चिनी, नुन, दुध र घिउ मिसाएर विभिन्न आकारमा बनाएको रोटी हो भने छिमार भनेको सातुमा नौनी घिउ, मह, चिनी, दुध मिसाएर बनाएको प्रसाद हो, त्यस्तै याङछाङ भनेको अमृतका रूपमा वितरण गरिने जाँड हो ।
नयाँ लोसारको पहिलो दिन अर्थात् फाल्गुन शुक्ल प्रतिपदाको दिन बिहानै उठेर नुहाइधुवाइ गरी नयाँ लुगा लगाएर धारा वा कुवामा गई नागको पुजा गरी, धारामा घिउको टीका लगाइदिएर खप्से, खादा, फलफूल, धुपबात्ती चढाई ढोग्ने चलन छ । यसरी धाराको विधिवत् पूजा गरिसकेपछि नाग देउताबाट प्रसादका रूपमा पानी मागिन्छ र घरमा ल्याई पूजाकोठा अर्थात् छ्योसममा भएको बुद्ध भगवान् र कुलदेवताहरूलाई शुद्ध पानी, खप्से लगायात चढाई टासी मोन्लम (मङ्गल वाचन) र साङसेरक्यिम गर्दै आगामी नयाँ बर्ष शान्त, सम्मृद्ध र सुखद बनोस् भनी कुल, पितृ र देवीदेवताहरूसँग आशीर्वाद माग्दै पूजाआजा गर्ने चलन छ । शान्तिमय वातावरणमा बितोस भनी मंगलमय पुजाआराधाना गर्दछन । यसरी पूजाआजा र धार्मिक कर्मकाण्ड सकिएपाछि चिया, खप्से, छ्याङखुल, छिमार र डेसिल खाँदै शुभकामना आदानप्रदान गर्दै आफूभन्दा ठुला मान्यजनहरूलाई ढोगभेट गरी तिनीहरूबाट आशीर्वचन ग्रहण गर्ने चलन छ । लोसारको पहिलो दिन घरपरिवारमैं रमाइलो गरी मनाइन्छ । त्यसपछि क्रमशः दोस्रो दिनदेखि आफ्ना दाजुभाइ, दिदिबाहिनी, इष्टमित्र र छरछिमेकमा गई रमाइलो गर्दै एकआपसमा शुभकामना वातावरणमा लोसारको शुभकामना आदानप्रदान गर्ने र भोजभतेर गर्ने चलन छ । यो क्रम पन्ध्र दिनसम्म अर्थात् पूर्णिमासम्म जारी रहन्छ ।